मुख्य खबर

देउवाको गृहजिल्लाको वडा तहमा पुन चुनाव हुनुपर्ने पौडेल पक्षकोे माग

पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा वडा तहमा पुनः चुनाव हुनुपर्ने भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर्वाचन समितिको ध्यानाकर्षण गराएको छ । पौडेल समूहले क्रियाशीलता विवादसम्बन्धी समस्या समाधान नगरी डडेलधुरामा...

उपत्यकामा यसअघि जारी निषेधाज्ञा कायमै

काठमाडौँ उपत्यकामा यसअघि (भदौ १७ मा) जारी निषेधाज्ञालाई असोज १ पछि पनि कायमै राखिएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका अधिकारीको समन्वय र सहमतिमा अर्को सूचना जारी नभएसम्मका उक्त आदेश कायमै रहने गरी...

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले गरे मन्त्रिपरिषद् विस्तार

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । विद्यमान मन्त्रीपरिषदमा रहेका ३ सदस्यमा ५ जना नयाँ अनुहार थपेर उनले ८ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् । आज संखुवासभाका तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला...

राष्ट्रिय सभाको बुधबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोध कायमै

राष्ट्रिय सभाको बुधबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोध कायमै रहेको छ । बुधबार बैठक शुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो पार्टीका राष्ट्रियसभा सांसद भगवती...

निर्वाचन प्रणाली र शासकीय स्वरुप लगायतका बिषयमा संविधान संशोधन गर्नुपर्ने दाहालको भनाई

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन प्रणाली र शासकीय स्वरुप लगायतका बिषयमा संविधान संशोधन गर्नुपर्ने माग गरेका छन् । बुधबार नेता पोष्टबहादुर बोगटीको ७औं स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा...

सरकार गैरजिम्मेवार रुपले प्रस्तुत हुँदा मुलुकमा वित्तीय संकट सिर्जना भएको एमालेको आरोप

नेकपा एमालेले सरकार गैरजिम्मेवार रुपले प्रस्तुत हुँदा मुलुकमा वित्तीय संकट सिर्जना भएको आरोप लगाएको छ । एमाले महासचिव ईश्वर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै सरकारले प्रतिनिधिसभाको बैठक बन्द गरेर त्यसको दोष प्रतिपक्षमाथि थोपर्ने र...

एमाले अध्यक्ष केपी ओलीले गरे वर्तमान सरकारलाई बुख्याँचासँग तुलना

एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई बुख्याँचासँग तुलना गरेका छन् । बुटबलमा आयोजित कार्यकर्ता भेलामा उनले बर्तमान सरकारले बुख्याँचा जत्तिको पनि काम गर्न नसकेको टिप्पणी गरे । उनले बुख्याँचाले अन्नबाली खान आउनेलाई तर्साउने तर...

कोरोना अपडेट :मंगलबार थप १ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा मंगलबार थप १ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार २ सय ६६ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ८० र ४ हजार १...

नवलपरासीमा कहालीलाग्दो दुर्घटना

पूर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपुरको गैँडाकोटमा आज विहान यात्रुबाहक बस र ट्रक एक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया बाँसबारीकी योगमाया सुवेदी, कञ्चरपुरकी रंगी तिरुवा र कृष्ण राना रहेका...

सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध :ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध गरिएको बताएका छन् । झापाको बिर्तामोडमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा उनले एमालेविरुद्ध षड्यन्त्र गरिएकाले प्रतिनिधिसभा...

4565