-
इटहरी । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगर तथा धरानको स्थापना र ईश्वरीय सेवाको ६० वर्ष पूरा भएको अवसरमा हीरक जयन्ती ९डायमण्ड जुब्ली० महोत्सव आयोजना गरिने भएको छ। महोत्सवको मुख्य आकर्षणका रूपमा सुनसरीको गढी गाउँपालिका–१ मधेलीस्थित विश्व कल्याण ज्ञान सरोवरको भव्य उद्घाटन गरिने आयोजकले जनाएको छ। कात्तिक १७ गते हुने कार्यक्रममा आध्यात्मिक जागरण, राजयोग ध्यान र मानव कल्याणसम्बन्धी गतिविधिलाई विशेष प्राथमिकता दिइनेछ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विक्रम संवत् २०२३ सालमा पूर्वी नेपालमा आध्यात्मिक शिक्षा, मानव चरित्र निर्माण र सामाजिक सेवाको अभियान सुरु गरेको थियो। प्रारम्भमा धरान र विराटनगरमा साना भाडाका टहराबाट सुरु भएको सेवा अहिले देशका हिमाल, पहाड र तराईसम्म विस्तार भएको छ। आयोजकका अनुसार हाल नेपालभर करिब एक हजार पाँच सय सेवा केन्द्र तथा कोशी प्रदेशमा सेवा केन्द्र र उपसेवा केन्द्र गरी ६८ वटा केन्द्र सञ्चालनमा छन्। यसका साथै तीन सय गीता पाठशाला पनि विस्तार भएका छन्।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीकी मुख्य सञ्चालिका ब्रह्माकुमारी शारदा दिदीले ६० वर्षको आध्यात्मिक सेवा यात्राले समाजमा सकारात्मक सोच, नैतिक मूल्य र मानवीय संस्कार विकास गर्न महत्वपूर्ण योगदान पु¥याएको बताइन्।
उनका अनुसार नवनिर्मित ज्ञान सरोवरले आध्यात्मिक चेतना विस्तार गर्नुका साथै विभिन्न धार्मिक तथा आध्यात्मिक कार्यक्रम सञ्चालन गर्न सहज बनाउने छ।
News Desk 0 response बुधबार, कार्तिक १२, २०८३
करिब दुई बिघा एक कठ्ठा १६ धुर क्षेत्रफलमा निर्माण गरिएको ज्ञान सरोवरका लागि समाजसेवी किरण थापाले जग्गा निःशुल्क उपलब्ध गराएका थिए। करिब १३ करोड रुपैयाँ लागतमा निर्माण भएको भवनमा संघीय सरकार, प्रदेश सरकार, पर्यटन तथा भौतिक पूर्वाधार मन्त्रालय, गढी गाउँपालिका र भक्तजनको सहयोग रहेको आयोजकले जनाएको छ।
हीरक जयन्तीअन्तर्गत कात्तिक १२ गते खनार चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ भने कात्तिक १४ गतेदेखि मोटरसाइकल ¥याली, युवा जागरण, नशामुक्ति अभियान तथा आध्यात्मिक चेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
कात्तिक १७ गते हुने मुख्य समारोहमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक राजयोगिनी डा। राजदादीमा तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्य रहने आयोजकले जनाएको छ।
समाजमा बढ्दै गएका विभिन्न समस्या न्यूनीकरण गर्न आध्यात्मिक शिक्षा, सकारात्मक सोच र नैतिक मूल्यको प्रवद्र्धन आवश्यक रहेको आयोजकको भनाइ छ। ६० वर्षको सेवा यात्राको स्मरणमा आयोजना गर्न लागिएको हीरक जयन्तीले राजयोग ध्यान, सामाजिक सेवा र मानव कल्याणका गतिविधिलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।
सम्बन्धित शीर्षकहरु
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





