-
इटहरी । शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउँदै आधुनिक कृत्रिम बौद्धिकता अर्थात् एआईको प्रयोगलाई विद्यालय तहसम्म विस्तार गर्ने उद्देश्यले जिल्ला प्याब्सन सुनसरीको आयोजनामा सञ्चालित दुईदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयको अध्यापन तथा प्रशासनिक कार्यलाई थप प्रभावकारी, सिर्जनात्मक र प्रविधिमैत्री बनाउने उद्देश्यले आयोजना गरिएको तालिममा दुई दिनमा सुनसरीका विभिन्न पालिकामा प्याब्सनमा आबद्ध विद्यालयका २०० भन्दा बढी प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिको उत्साहजनक सहभागिता रहेको थियो।
तालिममा कृत्रिम बौद्धिकतामा आधारित संवादात्मक प्रविधि तथा सिर्जनात्मक एआई, पाठयोजना तथा शिक्षण सामग्री निर्माण, प्रश्नपत्र तयार गर्ने तथा मूल्याङ्कन गर्ने विधि, विद्यालय प्रशासन, प्रतिवेदन तथा प्रस्तुतीकरण निर्माण, विद्यार्थीको सिकाइ विश्लेषण, समय व्यवस्थापन तथा एआईको सुरक्षित र नैतिक प्रयोगलगायतका विषयमा सहभागीलाई व्यावहारिक प्रशिक्षण दिइएको थियो।

कार्यक्रमको अध्यक्षता जिल्ला प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकालले गर्नुभएको थियो। पहिलो दिनको कार्यक्रममा पूर्व केन्द्रीय सदस्य शैलेन्द्रप्रकाश अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको सञ्चालन जिल्ला कोषाध्यक्ष गोपाल निरौलाले गर्नुभएको थियो।
कार्यक्रममा इटहरी नगर प्याब्सनका अध्यक्ष सूर्य मणि निरौला, रामधुनी नगर प्याब्सनका अध्यक्ष अच्युत ढकाल, धरान नगर प्याब्सनका अध्यक्ष दीपक घिमिरे तथा दुहबी प्याब्सनका अध्यक्ष सुशील शाक्यलगायत जिल्ला तथा नगर प्याब्सनका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो।
तालिममा काठमाडौँस्थित आइएनजी इम्प्याक्टका निर्देशक गोविन्द थापाले मुख्य सहजकर्ताका रूपमा प्रशिक्षण दिनुभएको थियो। उहाँले सहभागीलाई विद्यालयको दैनिक शैक्षिक तथा प्रशासनिक काममा एआईको प्रभावकारी प्रयोग गर्ने तरिकाबारे अभ्याससहित प्रशिक्षण गराउनुभएको थियो।
तालिमबाट प्राप्त ज्ञान र सीपले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुका साथै शिक्षक तथा प्रधानाध्यापकलाई प्रविधिको बदलिँदो स्वरूपसँग अभ्यस्त बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
News Desk 0 response सोमवार, अशोज १९, २०८३
सम्बन्धित शीर्षकहरु
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





