-
इटहरी । विश्व मधुमेह दिवसको अवसरमा मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला रोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले इटहरीस्थित एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। ‘मधुमेहबाट बचौँ, स्वस्थ जीवन पाऔँ’ भन्ने नारासहित आयोजित शिविरबाट एक सय ७ जना सर्वसाधारण लाभान्वित भएका छन्।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपी केएच धरान), एमआरएस प्रणामी अस्पताल र केएचडिसी नेपालको सहकार्यमा आयोजित शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरेको थियो। विशेषगरी मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोगको जोखिममा रहेका तथा दीर्घकालीन स्वास्थ्य समस्या भएका व्यक्तिलाई लक्षित गरी शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्माले उच्च रक्तचाप, मधुमेह र मिर्गौला रोगजस्ता दीर्घकालीन नसर्ने रोगहरू सुरुवाती अवस्थामा लक्षणविहीन हुन सक्ने बताए। धेरै मानिसलाई आफूमा रोग रहेको जानकारीसमेत नहुने भएकाले समयमै स्वास्थ्य परीक्षण, जोखिम कारकको न्यूनीकरण र दीर्घकालीन व्यवस्थापन आवश्यक रहेको उनको भनाइ छ।
उनले केएचडिसी नेपालले पूर्वी नेपालका विभिन्न जिल्लामा स्थानीय स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरी उनीहरूमार्फत रोगको पहिचान तथा उपचार सेवा सञ्चालन गर्दै आएको जानकारी दिए। रोगको दीर्घकालीन व्यवस्थापनका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय तथा सहकार्य गरेर कार्यक्रम अघि बढाइएको पनि उनले बताए।
शिविरमा सहभागी सर्वसाधारणले रगत तथा पिसाब परीक्षण, ईसीजी, इकोलगायतका स्वास्थ्य परीक्षण सेवा निःशुल्क प्राप्त गरेका थिए। विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य अवस्था जाँच गराउनुका साथै सम्भावित रोगको जोखिम र अपनाउनुपर्ने सावधानीबारे परामर्शसमेत लिने अवसर पाएका थिए।
News Desk 0 response शनिबार, कार्तिक २८, २०८३
पछिल्लो समय अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, तनाव तथा बदलिँदो जीवनशैलीका कारण मधुमेह र उच्च रक्तचापजस्ता दीर्घरोगको जोखिम बढ्दै गएको चिकित्सकहरू बताउँछन्। यस्ता रोगको समयमै पहिचान र उचित व्यवस्थापन हुन नसके मिर्गौलासहित शरीरका अन्य महत्त्वपूर्ण अंगमा समेत असर पर्न सक्छ।
स्वास्थ्य शिविरमार्फत रोग लागेपछि मात्र उपचार खोज्नुभन्दा रोगको जोखिम न्यूनीकरण र समयमै पहिचानमा ध्यान दिनुपर्ने सन्देश प्रवाह गरिएको छ। चिकित्सकहरूले नियमित स्वास्थ्य परीक्षण, सन्तुलित खानपान, शारीरिक व्यायाम र स्वस्थ जीवनशैली अपनाउन सर्वसाधारणलाई सुझाव दिएका छन्।
विश्व मधुमेह दिवसलाई लक्षित गरी आयोजित निःशुल्क स्वास्थ्य शिविरले स्थानीयस्तरमा स्वास्थ्य सचेतना बढाउनुका साथै दीर्घरोगको समयमै पहिचान र व्यवस्थापनमा सहयोग पुग्ने केएचडिसी नेपालकी प्रोजेक्ट म्यानेजर पूजा थापा पन्तले जानकारी दिइन्।
सम्बन्धित शीर्षकहरु
-
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३
-
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३





