-
इटहरी । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंसिर १ गतेदेखि सञ्चालन गरिएको कर सप्ताह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। आन्तरिक राजस्व कार्यालय इटहरीको आयोजनामा इटहरीस्थित उद्योग वाणिज्य संघको सभा हलमा आयोजित समापन तथा करदाता सम्मान समारोहमा गत आर्थिक वर्षमा सबैभन्दा बढी कर योगदान गर्ने उत्कृष्ट तीन करदातासहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको हो।
‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा निजी क्षेत्रबाट शिक्षा, उद्योग, व्यवसाय तथा वित्तीय क्षेत्रमा योगदान पु¥याउने संस्था र व्यक्तिहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा विश्व आदर्श एकेडेमी प्रा।लिका अध्यक्ष लेखनाथ घिमिरे, सुनगाभा फिड प्रा।लि। तथा सपोर्ट लघुवित्त वित्तीय संस्थालाई सम्मान गरिएको थियो। त्यस्तै, कर दिवस तथा कर सप्ताहका कार्यक्रम सञ्चालनमा सहयोग पु¥याएको कदर गर्दै इटहरी उद्योग वाणिज्य संघकी अध्यक्ष गायत्री कट्वाल भण्डारीलाई समेत सम्मान गरिएको थियो।
पूर्वी नेपालकै अब्बल शैक्षिक संस्थाका रूपमा परिचित विश्व आदर्श एकेडेमीले आर्थिक वर्ष २०८१र८२ मा पनि सबैभन्दा बढी कर तिर्ने संस्थाका रूपमा सम्मान प्राप्त गरेको छ।
एकेडेमीले लगातार चौथो पटक यस्तो सम्मान पाएको हो। सम्मानपछि अध्यक्ष लेखनाथ घिमिरेले निजी क्षेत्रबाट शिक्षा क्षेत्रमा लगानी गर्दै सरकारलाई कर योगदान गर्न पाउनु गौरवको विषय भएको बताए। उनले हजारौँ विद्यार्थीलाई समयसापेक्ष, गुणस्तरीय र व्यावहारिक शिक्षा प्रदान गर्दै शिक्षाको पहुँच विस्तारमा संस्था निरन्तर क्रियाशील रहेको उल्लेख गरे।
कार्यक्रमका प्रमुख अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल ले राज्य सञ्चालन, विकास निर्माण, शान्ति सुरक्षा र सामाजिक न्याय कायम गर्न कर राजस्व मुख्य स्रोत रहेको बताए। उनले निजी क्षेत्रले करमार्फत राष्ट्र निर्माणमा पु¥याएको योगदानको उचित कदर हुनुपर्ने धारणा राखे।
त्यसैगरी आन्तरिक राजस्व कार्यालय इटहरीका प्रमुख कर अधिकृत डिल्लीराम पौड्यालले सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताए। कानुनी व्यवस्थाभित्र रहेर व्यवसाय सञ्चालन गर्ने र स्वेच्छिक रूपमा कर तिर्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
News Desk 0 response सोमवार, मंसिर ७, २०८३
उद्योग वाणिज्य संघकी अध्यक्ष गायत्री कट्वाल भण्डारीले करदातालाई सम्मान गर्ने कार्यक्रमले व्यवसायीमा सकारात्मक ऊर्जा थप्नुका साथै विभिन्न क्षेत्रबीच आपसी सम्बन्ध, विचार र अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको बताइन्।
कार्यक्रममा विश्व आदर्श एकेडेमीका प्राचार्य गणेशकुमार दुलाल, नागरिक समाजका पूर्वअध्यक्ष सनतबहादुर डुम्जन, होटल व्यवसायी संघका अध्यक्ष जयप्रसाद उपाध्याय, इटहरी ढुवानी एजेन्ट व्यवसायी संघका अध्यक्ष केशव गिरी, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहलगायत उद्योगी, व्यवसायी तथा सरोकारवालाको सहभागिता रहेको थियो।
करप्रति नागरिकको जिम्मेवारी र सचेतना अभिवृद्धि गर्दै कर प्रशासन र करदाताबीचको सम्बन्धलाई थप विश्वासिलो बनाउने उद्देश्यले आयोजित कर सप्ताह विभिन्न सचेतनामूलक, प्रचारात्मक तथा अन्तरक्रियात्मक कार्यक्रमसहित समापन गरिएको आन्तरिक राजस्व कार्यालय इटहरीले जनाएको छ।
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





