• प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले बिहीबार पनि प्रतिनिधिसभा बैठकमा नारावाजीसहित बिरोध जनाएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहीबार बैठक सुरु हुने बितिकै एमालेका सांसदहरुले उठेर बिरोध गर्दै रोष्टम घेराउ गर्न पुगेका थिए ।

    सो क्रममा उनीहरुले एमालेले कारवाही गरेका सांसदहरुलाई सदनमा प्रवेश गराएको भन्दै नारावाजी गरेका थिए । बिरोधपछि सभामुख अग्नि सापकोटाले सहज रुपमा सभा सञ्चालन गर्नका लागि सहयोग गर्न अनुरोध गरेका थिए । उनले अदालतमा विचाराधीन विषयमा संसदमा छलफल नहुने भन्दै ध्यानाकर्षण गराए ।

    एमालेका सांसदहरुको बिरोधकाबीच सभामुख सापकोटाले राष्ट्रपति कार्यालयबाट अध्यादेश खारेज तथा बिधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाएका थिए । त्यस्तै बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले महालेखा परीक्षकको ५८औं बार्षिक प्रतिवेदन पेश गरेका छन् ।

    प्रतिनिधिसभाको अर्को बैठकमा असोज १९ गते मंगलबार बोलाइएको छ । यसैबीच आइतबारका लागि बोलाएको राष्ट्रियसभाको बैठक एकदिन पर सारिएको छ । संसद सचिवालयले १७ गते आइतबारको राष्ट्रियसभाको बैठक १८ गतेका लागि सारेको जनाएको छ ।

4565