• कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि अर्को आदेश जारी नहुँदासम्म जिल्लामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोज गर्न रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले आज आदेश जारी गर्दै न्यूनतम सहभागितामा र सांकेतिक रुपमा चाडपर्व मनाउन पनि अपील गरेका छन् ।

    जिल्ला प्रशासन कार्यालयले आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट खरिद गर्न आग्रह गरेको छ । सार्वजनिक यातायातमा स्वीकृत क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने आदेशमा उल्लेख छ । बैठक, गोष्ठी, सेमिनारहरु भर्चुअल माध्यमबाट गर्नुपर्ने र गर्नैपर्ने भएमा स्वास्थ्य मापदण्ड अनिवार्यरुपमा पालना गराउनुपर्ने भनिएको छ ।

    होटल पार्टी प्यालेसमा बढीभन्दा बढी मानिसलाई सहभागी गराउनुपरे एन्टीजेन, पीसीआर परीक्षणको व्यवस्था मिलाउन भनिएको छ । वित्तिय संस्थालाई अनलाइनबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन समेत प्रशासनले आदेश दिएको छ । उद्योग, कलकारखाना, होटल, रेष्टुरेन्ट, सिनेमा, हल, व्यायमस्थल लगायतलाई कोरानाको मापदण्ड पालना गर्दै संचालन गर्न समेत आदेश दिइएको छ ।

4565