• नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिजो जनयुद्धमा लडाईमा शहिद बन्न पाइन भनेर गुनासो गर्नेहरु अहिले पद पाइएन, पैसा पाइएन, मन्त्री पाइएन भनेर रुने गरेको बताएका छन् । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा अध्यक्ष दाहालले लडाइँका क्रममा मर्न तयार भएर अग्रसर हुनेहरु अहिले पद, पैसा, कमिसनको लोभमा फसेको बताए । उनले माओवादीमा उच्च पदमा पुग्नेहरु दलाल बनेको पनि दाबी गरे ।

    अध्यक्ष दाहालले गाँउ गाँउमा प्रतिगामीका मतियारहरु केपी ओली र कमल थापाको आतंक रहेको आरोप लगाए ।अध्यक्ष दाहालले नेकपा भएको अवस्थामा आफ्नै पार्टीको अध्यक्षले प्रतिक्रान्ति गरेर संसद विघटनमा गएपछि आफू भगत सिंहको चलचित्रमा चन्द्रशेखरजस्तै आत्महत्या गर्ने कि भन्ने मोडमा पुगेको बताए ।

    दाहालले सवै राजनीति दलहरुसंग सल्लाह गरेर फेरि लड्ने, जेल जानुपर्छ भनेरजाने, मारिनु पर्छ भनेर पुस ५ पछिको आन्दोलन थालेको सुनाए ।

4565