समाचार

युएईमा थुनिएका पत्रकार पाण्डेलाई रिहा गर्न माग

संयुक्त अरब इमिरेट्स युएईमा थुनामा परेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न माग गर्दै आज काठमाडौँमा प्रदर्शन गरिएको छ ।

रेल सञ्चालनको सम्पूर्ण तयारी पूराः शनिबार उद्घाटन हुने

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी यसको उद्घाटन...

चितवनका आठ ठाउँमा एकै पटक देखियो बर्डफ्लू

जिल्लाका विभिन्न आठ ठाउँमा बर्डफ्लू देखिएको छ । विगत केही दिनदेखि फरक–फरक स्थानमा बर्डफ्लू देखिएको हो । पोल्ट्रीको राजधानी भनिने चितवनमा धेरैतिर बर्डफ्लू देखिएपछि नियन्त्रणको प्रयास गरिएको छ । भेटेनेरी अस्पताल तथा पशु सेवा...

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री भेटवार्तामा व्यस्त

भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा आज अपराह्न यहाँ आइपुगेसँगै उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुभएको छ । प्रधानमन्त्री देउवाले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग आजै अपराह्न भेटवार्ता गर्नुभएको छ...

अरुण तेस्रोको छ्याङ्गकुटी–दिदिङ खण्डको छुट मुआब्जा उपलब्ध गराइने

सङ्खुवासभाको अरुण–३ जलविद्युत् परियोजनाको पहुँच मार्गअन्तर्गत छ्याङ्गकुटी–दिदिङ ९०–२४ किमी० खण्डअन्तर्गतको छुट मुआब्जा उपलब्ध गराइने भएको छ । छुट मुआब्जा उपलब्ध गराउने निर्णय बिहीबार बसको मन्त्रिपरिषद् बैठकले गरेको हो । यसअघि मुआब्जा नपाएका तर लगत...

अब लक्षित बिरामीलाई सरकारले उपचार खर्च उपलब्द गराइने

सरकारले मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यानसर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधी उपचार खर्च प्रदान गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षित बिरामीलाई मासिक ५ हजार भत्ता दिने भएको छ ।स्वास्थ्य...

देउवाको भारत भ्रमण मुलुकको हितमा केन्द्रित रहने सरकारको भनाइ, दुईदेशबीचको सम्वन्ध थप प्रगाढ हुने विश्वास

सरकारले प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणले दुईदेशबीचको सम्वन्ध थप प्रगाढ हुने बताएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की प्रधानमन्त्रीको तीन दिने भारत भ्रमणले...

विराटनगर विमानस्थलको चाँडै स्तरोन्नति गरिने : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै गरिने बताएकाछन् । विराटनगर विमानस्थलको शुक्रबार अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले स्तरोन्नतिलगायत भौतिक संरचना निर्माणको काम चाँडै गरिने बताए। उनले भने, “विराटनगर...

तीन दिन मौसम बदली रहने

अझै तीन दिन देशको अधिकाश भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभावले तीन दिनसम्म देशको...

रामेछापको लिखुताकोशी गाउँपालिका अध्यक्षसहित २७ जना विरुद्ध अख्तियारबाट मुद्दा दायर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछापको लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष, कार्यकारी अधिकृत, लेखापाल र उपभोक्ता समितिका पदाधिकारीसहित २७ जना विरुद्ध मुद्दा दायर गरेको छ । उपभोक्ता समितिका नाममा भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर...

4565