-
इलाम । इलामको प्रमुख पर्यटकीय गन्तव्य श्रीअन्तुमा पर्यटन व्यवसायीको सेवा तथा आतिथ्य सत्कार क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको चारदिने आतिथ्य सत्कार तालिम सम्पन्न भएको छ।
अन्तु पोखरीस्थित टाइमलेस होटलमा असोज ४ गतेदेखि सञ्चालन भएको तालिममा इलाम क्षेत्रका ३५ जना होटल तथा पर्यटन व्यवसायीको सहभागिता रहेको थियो। दिगो पर्यटन परियोजना र नेपाल पर्यटन बोर्डको आयोजनामा तथा होटल तथा पर्यटन व्यवसायी महासंघ कोशी प्रदेशको संयोजन र श्रीअन्तु पर्यटन व्यवसायी संघ इलामको व्यवस्थापनमा तालिम सञ्चालन गरिएको थियो ।
तालिममा प्रशिक्षक यज्ञराज कडरिया र डिजिका कार्कीले चार दिनसम्म पर्यटन व्यवसायीलाई आतिथ्य सत्कार, पर्यटकसँग गर्ने व्यवहार, सेवा प्रवाह, पर्यटकको आवश्यकता पहिचान, व्यवसाय सञ्चालन तथा गुणस्तरीय सेवाका विभिन्न पक्षबारे प्रशिक्षण दिएका थिए। पर्यटकको आगमन बढ्दै गएको अन्तुमा व्यवसायीले पर्यटकलाई प्रदान गर्ने सेवाको गुणस्तर सुधार गर्न तालिम उपयोगी भएको सहभागीहरुले बताएका छन्।
स्थानीय व्यवसायी तथा निजी क्षेत्रको लगानीमा अन्तुमा पर्यटकीय गतिविधि विस्तार भइरहेकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज, सुरक्षित र आत्मीय वातावरण प्रदान गर्न आतिथ्य सत्कारसम्बन्धी ज्ञान आवश्यक रहेको आयोजकले जनाएको छ।
कार्यक्रम संयोजक तथा होटल तथा पर्यटन व्यवसायी महासंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष तेजबहादुर पुरीले पर्यटकीय क्षेत्रको विकाससँगै आगन्तुक पर्यटकलाई उत्कृष्ट सत्कार र सहज व्यवस्थापन गर्न व्यवसायीको क्षमता अभिवृद्धि आवश्यक रहेकाले तालिम आयोजना गरिएको जानकारी दिए ।
News Desk 0 response बिहिबार, अशोज ८, २०८३
समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
श्रीअन्तु पर्यटन व्यवसायी संघ इलामका अध्यक्ष रुद्र घिमिरेले पर्यटन व्यवसायीका लागि तालिम निकै आवश्यक रहेको बताउँदै यसबाट पर्यटकलाई थप गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुग्ने बताए।
पदम ओलीले सञ्चालन गरेको समापन कार्यक्रम श्रीअन्तु पर्यटन व्यवसायी संघ इलामका अध्यक्ष रुद्र घिमिरेको अध्यक्षता तथा पर्यटक प्रहरी मञ्जिल राईको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा अन्तु डाँडा युवा क्लबका अध्यक्ष रञ्जित प्रधान, एकता क्लबका अध्यक्ष युवराज अर्याललगायतको सहभागिता थियो।
यसअघि तालिमको उद्घाटन होटल तथा पर्यटन व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष मणिन्द्रबहादुर कट्वालको अध्यक्षता तथा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वा लिम्बुको प्रमुख आतिथ्यमा गरिएको थियो। चारदिने तालिमले अन्तुका पर्यटन व्यवसायीलाई पर्यटकमैत्री सेवा प्रवाहसँगै आतिथ्य सत्कारको स्तर सुधार गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्बन्धित शीर्षकहरु
-
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३
-
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३





