-
इटहरी । सुनसरीको इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र मोक्षधाममा पहिलोपटक आयोजना गरिएको बोलबम मेलाको आय–व्यय विवरण सार्वजनिक गरेको छ ।
एक कठ्ठा क्षेत्रफलमा स्थापना गरिएको १०८ शिवलिङ्गसहितको त्रिनेत्र मोक्षधाम छोटो समयमै धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रूपमा आकर्षणको केन्द्र बन्न थालेको छ।
बोलबम मेलामा करिब १० हजार भक्तजनहरुले जल अभिषेक ,पुजा,दर्शन तथा अवलोकल गरेको आयोजकले जनाएको छ ।
त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको आयोजना तथा त्रिनेत्र मोक्षधाम निर्माण समितिको व्यवस्थापनमा सम्पन्न मेलाको आय–व्यय विवरण सार्वजनिक गरिएको छ। सार्वजनिक विवरणअनुसार मेलाबाट कुल २ लाख ५ हजार ५४ रुपैयाँ आम्दानी भएको छ। जसमध्ये रसिद तथा भेटीबाट १ लाख ८० हजार १०४ रुपैयाँ र दानपेटिकाबाट २४ हजार ९५० रुपैयाँ संकलन भएको जनाइएको छ।
मेलाका क्रममा पूजा तथा प्रसाद, प्रचारप्रसार, सरसफाइ, स्वागत तथा सम्मान, ब्यानर तथा प्रमाणपत्र, शिवमूर्ति स्थापना, किराना तथा अन्य व्यवस्थापनलगायत शीर्षकमा १ लाख ९१ हजार ८२३ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। यस्तै, मुक्तिनाथ विकास बैंकमा १० हजार रुपैयाँ जम्मा गरिएको र ३ हजार २३१ रुपैयाँ नगद मौज्दात रहेको जनाइएको छ।
कार्यक्रममा मोक्षधाममा आयोजना हुने विभिन्न धार्मिक कार्यक्रममा भजन–कीर्तन मार्फत योगदान पुर्याउने आयुर्वेदिक साझा भजन समूह र पारिजात भजन समूहलाई प्रशंसापत्र सहित मादल हस्तान्तरण गरिएको थियो। त्यस्तै, धार्मिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने विमला पोख्रेल, संगीता दियाल, तेज वन र दुर्गा पोख्रेललाई कदरपत्र प्रदान गरिएको थियो।
३३ हजार ३३३ रुपैयाँ सहयोग गर्ने चन्द्रकला बोहरा दाहाल र छविनाथ सुवेदीलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको छ। अन्य सहयोगी तथा सदस्यलाई समेत प्रशंसापत्र वितरण गरिने जानकारी दिए ।
त्रिनेत्र आध्यात्मिक चिन्तन केन्द्र कोशी प्रदेश अध्यक्ष सुभद्रा प्याकुरेलको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका–२ का वडाध्यक्ष माधव कोइरालाको प्रमुख आतिथ्यतामा आय,ब्याय सार्वजनिक कार्यक्रम सम्पन्न भएको हो।वडाध्यक्ष कोइरालाले मोक्षधाम स्थापना भएदेखि नै यस क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको बताउँदै यसको प्रचार–प्रसार र पूर्वाधार विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष प्याकुरेलले त्रिनेत्र मोक्षधामलाई कोशी प्रदेशकै प्रमुख धार्मिक–आध्यात्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित काम भइरहेको बताइन्।
त्रिनेत्र मोक्षधामका अध्यक्ष बाबुराम सुवेदीले आय–व्यय सार्वजनिक गर्दै मोक्षधामको विकासमा सहयोग गर्ने सबै दाता, भक्तजन तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे। उनका अनुसार आगामी दिनमा शिवरात्रि, बालाचतुर्दशी तथा साउन महिनाभर विशेष मेला र जलाभिषेक लगायत विभिन्न धार्मिक कार्यक्रम हरुलाई निरन्तर सञ्चालन गर्ने बताए ।
मोक्षधाममा १०८ शिवलिङ्ग स्थापनामा सहभागी दाताको नाम शिलालेखमा समावेश गरिने व्यवस्था गरिएको छ। ३३ हजार ३३३ रुपैयाँ वा सोभन्दा बढी भूमिदानसहित शिवलिङ्ग दान गर्ने दातालाई संस्थापक सदस्यता प्रदान गरिने जनाइएको छ। शिलालेख स्तम्भ, घेराबार तथा आकर्षक प्रवेशद्वार निर्माणको कामसमेत अघि बढिरहेको आयोजकले जनाएको छ।
News Desk 0 response मङ्लबार, भदौ २३, २०८३
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३





