-
इटहरी । कुशे औँसी तथा बुवाको मुख हेर्ने दिनको अवसर पारेर किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले ६१ जना ज्येष्ठ पितालाई सम्मान गरेको छ।
सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्ष बराहक्षेत्र, रामधुनी, खनार तथा इटहरी शाखा अन्तर्गतका शेयर सदस्यका ज्येष्ठ पितालाई सम्मान गरेको हो।
संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका–१६ का वडाध्यक्ष तेजनारायण चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ९१ वर्षीय नेवालाल मोदीसहित ७० वर्षभन्दा माथिका ज्येष्ठ पितालाई सम्मान गरिएको थियो। सम्मानित ज्येष्ठ पितालाई प्रमाणपत्र तथा नगद सहित सम्मान प्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष चौधरीले पिता र सन्तानबीचको सम्बन्ध जीवनकै महत्वपूर्ण सम्बन्ध भएको बताए। उनले बुवाको साथ र संरक्षणको महत्व बुवाको अभाव भएपछि मात्र अझ बढी महसुस हुने भन्दै ज्येष्ठ पिताको योगदानलाई सम्मान गर्नु सन्तान र समाजको दायित्व भएको धारणा व्यक्त गरे।
News Desk 0 response बिहिबार, भदौ २५, २०८३
सहकारीले ज्येष्ठ नागरिकलाई सम्मान गरेर राम्रो संस्कारको विकासमा योगदान पु¥याएको भन्दै उनले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
संस्थाका अध्यक्ष ढकालले सहकारीले २०६० सालदेखि नै ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। पछिल्ला तीन वर्षदेखि भने ज्येष्ठ माता र पितालाई वर्षमा दुईपटक सम्मान गर्दै आएको उनले बताए। सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि ज्येष्ठ नागरिक सम्मानलाई निरन्तरता दिने अध्यक्ष ढकालको भनाइ थियो।
कर्मचारी रमादेवी कोइरालाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार कृष्ण विनोद लम्साल, सल्लाहकारहरू रामनारायण राउत, जानकी चौधरीलगायतको सहभागिता रहेको थियो। कार्यक्रममा ज्येष्ठ पिताहरूलाई प्रमाणपत्र तथा नगदसहित सम्मान गरिएको थियो।
सहकारीका सचिव महेशकुमार रेग्मीले सञ्चालन गरेको कार्यक्रम ज्येष्ठ नागरिकप्रति सम्मान, कृतज्ञता र पारिवारिक सद्भाव अभिवृद्धि गर्ने सन्देशसहित सम्पन्न भएको थियो।
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३