-
नुवाकोट । बाढीका कारण विस्थापित भएर राहत शिविरमा आश्रय लिइरहेका नुवाकोटका प्रभावित परिवारलाई सञ्चारमा सहजता प्रदान गर्ने उद्देश्यले सुविसुले विभिन्न राहत शिविर तथा प्रभावित समुदायमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ।
हात्तीगौडास्थित भैरुम माध्यमिक विद्यालयको विपद् राहत शिविरमा आश्रय लिइरहेका २०० भन्दा बढी बाढी प्रभावित नागरिकलाई आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र आवश्यक सूचना आदानप्रदान गर्न सहज होस् भन्ने उद्देश्यले सुविसुले निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको हो। विद्यालयका प्रधानाध्यापक शिवराम श्रेष्ठ तथा समाजसेवी रमेश श्रेष्ठसँगको समन्वयमा उक्त सेवा सञ्चालनमा ल्याइएको हो।
विद्यालयका प्रधानाध्यापक शिवराम श्रेष्ठले विपद्को कठिन परिस्थितिमा राहत शिविरमा रहेका नागरिकका लागि इन्टरनेट सेवा निकै उपयोगी भएको बताउनुभयो। उहाँले परिवार तथा आफन्तसँग सम्पर्कमा रहन सहज बनाएको भन्दै सुविसुलाई धन्यवाद दिनुभयो।
त्यस्तै, समाजसेवी रमेश श्रेष्ठले विपद्का बेला सञ्चार अत्यन्त महत्वपूर्ण हुने बताउँदै सुविसुको निःशुल्क इन्टरनेट सेवाले प्रभावित परिवारलाई आफन्तसँग सम्पर्कमा रहन ठूलो सहयोग पुगेको बताउनुभयो।
यसैगरी, पिपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा पनि बाढी प्रभावित तथा आश्रय लिइरहेका नागरिकका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइएको छ। विद्यालयका प्रधानाध्यापक बासुदेव पंगेनीका अनुसार विद्यालयमा बसोबास गरिरहेका करिब ३०० देखि ४०० जना प्रभावित नागरिक यस सेवाबाट लाभान्वित भएका छन्।
News Desk 0 response आइतवार, भदौ २१, २०८३
प्रधानाध्यापक पंगेनीले विपद्को समयमा प्रभावित परिवारलाई आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन सहज बनाउने सुविसुको सहयोग महत्वपूर्ण रहेको बताउँदै आभार व्यक्त गर्नुभयो।
विपद्का बेला सञ्चार केवल सुविधा नभई आवश्यकताको विषय बन्ने भएकाले प्रभावित समुदायलाई निरन्तर सम्पर्कमा राख्न इन्टरनेट सेवाले महत्वपूर्ण भूमिका खेल्ने सुविसुको विश्वास छ। समुदायको आवश्यकता र परिस्थितिअनुसार सहयोग गर्ने उद्देश्यले सुविसुले नुवाकोटका विभिन्न राहत शिविर तथा प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
-
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३

बुधबार, भदौ १७, २०८३ -

आइतवार, भदौ २१, २०८३