-
प्रायजसो सम्बोधनमा एमाले अध्यक्ष ओली नीति र विचारका कुरा खासै गर्दैनन् । उनी जहाँ जहाँ पुग्छन् त्यहाँ त्यहाँ उनले व्यगं नै व्यक्त गर्दछन् । उनी उखान टुक्काको साहरामा विरोधीमाथि सिधा हमला गर्छन् । त्यस्तै शनिबार राजनधानीमा भएको एक कार्यक्रममा उनले व्यक्त गरेको पछिल्लो उखान संस्करण स्यालको मोर्चाले हात्ती तर्सिदैन ।
शनिबार उनले अभिव्यक्त गरेको उखान टुक्का पछिल्लो संस्करण मात्रै हो, यस अघिका उनका दर्जनौ यस्ता उखान टुक्का छन्,जसले मानिसहरुको ध्यान खिच्ने गर्दछ । हुन त एउटा जिम्मेवार नेता मात्रै होइन, पूर्व प्रधानमन्त्रीसम्म भैसकेको नेताले यस्ता व्यंग गर्नु कति बान्छनीय हो ? त्यो स्वयं ओलीले नै जानून् । शनिबार राजधानीमा भएको एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने,की स्यालहरुको मोर्चाले हात्ती तर्सिदैन, यो उखान टुक्का उनको पछिल्लो थियो ।
सत्ताबाट बाहिरिए यता ओली कांग्रेस र देउवाप्रति नरम थिए। उनको निशानामा दाहाल नेपाल मात्रै परेका थिए । तर, एमसीसीको कार्डमा गठबन्धन टुटाउने उनको योजना सफल भएन, र स्थानीय चुनाव नजिकिएसंगै उनको निशानामा कांग्रेस र प्रधानमन्त्री देउवा पनि परेका हुन् । शनिबारको कार्यक्रममा उनले भने, आगामी चुनावमा कांग्रेसलाई १३ सीटमा झारिदिन्छौ । पोहोहर परार नै २३ मा झरेको कांग्रेस आगामी चुनावमा १३ सीटमा खुम्चिन्छ, ओलीले भने ।
ओली सत्तारुढ पार्टीमाथि कतिसम्म खनिन थालेका छन् भने उनले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत एमालेलाई भोट हाल्न आग्रह गरे। देउवालाई ’जेष्ठ नागरिक’ भन्दै ओलीले देउवालाई ४ हजार भत्ता नचाहिने भएकाले मात्रै कांग्रेसमा बसेकोसम्म भन्न भ्याएका थिए ।
उखान टुक्का बाजका पर्याय बनेका ओली यस्तै यस्तै व्यंगबाटै हरेक कार्यक्रममा मन्तव्य दिन्छन्,विरोधीलाई भित्तैमा पुराउन उनका झीर जस्ता तिखा बचनवानले विरोधीलाई पिरो हुने नै गर्छ, त्यसैमा पनि सहभागीहरु उनको यस्ता तिखा आलोचनाले उत्साहित हुँदै ताली बजाउँछन् ।
पछिल्लो समय स्थानीय निर्वाचन नजिकिएसंगै ओली गठबन्धनप्रति थप आक्रमक बनेका छन् । ओली अदालत, सरकार, निर्वाचन आयोग र सभामुख अग्नि सापकोटा प्रति बढी प्रहार गर्ने गरका छन् ।एकीकृत समाजवादीलाई एमाले अध्यक्ष ओलीले अवैध सन्तान भन्छन् ।अवैधानिक सम्बन्धबाट जन्मिएको भन्दै एमालेले मान्यता नदिएको शनिबार कार्यक्रममा पनि ओलीले दोहो¥याए ।
News Desk 0 response आइतवार, चैत्र ६, २०७८
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३





