-
इटहरी । नेपाली लोकसंस्कृति, पूर्वेली भाका र धनकुटाको प्राकृतिक सौन्दर्यलाई एउटै सूत्रमा बाँधेर तयार गरिएको नयाँ पूर्वेली दोहोरी गीत माया जालैमाको म्युजिक भिडियो इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित भव्य समारोहबीच सार्वजनिक गरिएको छ।
गायक बालकृष्ण कार्की र लोकदोहोरी गायिका गंगा गौतम आचार्यको सुमधुर स्वरमा सजिएको उक्त गीत गायिका गौतमको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा शास्त्रीय सङ्गीत प्रशिक्षक कुशेश्वर राई, वरिष्ठ साहित्यकार मनु मञ्जिल तथा साहित्यकार एवं प्राध्यापक डा. बद्रीविशाल पोखरेलले गीतमाथि समीक्षात्मक टिप्पणी गर्दै पूर्वेली लोकभाकाले नेपाली मौलिक कला, भाषा र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनीहरूले यस्ता सिर्जनाले स्थानीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रोजेक्टरमार्फत म्युजिक भिडियो विमोचन गरिएको थियो। भिडियो प्रदर्शनपछि उपस्थित कलाकार, साहित्यकार, सङ्गीतप्रेमी तथा दर्शकहरूले गीतको शब्द, सङ्गीत, छायाङ्कन, अभिनय र पूर्वेली मौलिकतालाई खुलेर प्रशंसा गरेका थिए।
गीतका शब्द बालकृष्ण कार्कीले रचना गरेका हुन् भने सङ्गीत संयोजन राम कार्कीले गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ राजकुमार बगरले गरेका हुन्। रेकर्डिङ इटहरीस्थित पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो तथा काठमाडौंस्थित त्रिवेणी डिजिटल रेकर्डिङ स्टुडियोमा गरिएको हो। म्युजिक भिडियोको छायाङ्कन तथा सम्पादन सुमन योन्जनले गरेका छन्।
कार्यक्रममा बोल्दै गायिका गंगा गौतम आचार्यले गीतको छायाङ्कन धनकुटाको रमणीय डाँडाबजार र सुनाखरी होमस्टे क्षेत्रका प्राकृतिक स्थलहरूमा गरिएको जानकारी दिइन्। यस्ता गीतमार्फत धनकुटाको पर्यटन प्रवद्र्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले नेपाली लोकसंस्कृति, भाषा र मौलिक परम्पराको संरक्षणका लागि आफू निरन्तर सक्रिय रहने बताइन्। उनले हालसम्म १०० भन्दा बढी अडियो तथा म्युजिक भिडियोमा स्वर दिइसकेको जानकारी पनि दिइन्।
म्युजिक भिडियोमा अन्जु गौतम, तेजेन्द्र गन्धर्व, रुद्र श्रेष्ठ, ढुण्डिराज अधिकारी, बालकृष्ण सिग्देल, सन्तोष तिवारी तथा डाँडाबजारका स्थानीय कलाकार टंक याम्फुलगायतको अभिनय रहेको छ।
News Desk 0 response मङ्लबार, साउन १९, २०८३
गायक बालकृष्ण कार्कीले पूर्वेली लोकभाकाको मौलिक स्वाद नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले ‘माया जालैमा’ तयार गरिएको बताए। उनले गीत मनोरञ्जनमा मात्र सीमित नभई नेपाली लोकसंस्कृति, ग्रामीण जीवन, प्राकृतिक सम्पदा र पर्यटनको प्रवद्र्धन गर्ने अभियानसमेत भएको उल्लेख गरे।
कार्यक्रममा कलाकार, गायक–गायिका, साहित्यकार, सञ्चारकर्मी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले माया जालैमाले पूर्वेली लोकसङ्गीतलाई थप उचाइमा पु¥याउनुका साथै धनकुटाको प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई देश–विदेशमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

मङ्लबार, भदौ ३०, २०८३