-
इटहरी । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या बढिरहेका बेला शैक्षिक परामर्श तथा भिसा सेवामा सक्रिय एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस इटहरी शाखाले आफ्नो २३औँ स्थापना दिवस मनाएको छ।
News Desk 0 response शनिबार, साउन २३, २०८३
इटहरी शाखामा आयोजित विशेष कार्यक्रममा कर्मचारी तथा शुभेच्छुकहरूको सहभागितामा स्थापना दिवस मनाइएको हो। अस्ट्रेलियामा केन्द्रीय कार्यालय रहेको संस्थाले इटहरी शाखामार्फत सन् २०१६ देखि पूर्वी नेपालका विद्यार्थीलाई विदेश अध्ययनसम्बन्धी परामर्श तथा भिसा सेवा प्रदान गर्दै आएको छ।
स्थापना दिवसको अवसरमा विश्वभर रहेका संस्थाका ९० भन्दा बढी शाखा तथा कार्यालयले स्मार्ट बोर्डमार्फत एकै समयमा स्थापना दिवस मनाएका थिए। इटहरी शाखामा पनि विशेष कार्यक्रम आयोजना गरी संस्थाको सेवा यात्रा, उपलब्धि र आगामी योजनाबारे चर्चा गरिएको थियो।
संस्थाका अनुसार इटहरी शाखाबाट हालसम्म पाँच सयभन्दा बढी विद्यार्थी अस्ट्रेलिया, अमेरिका, बेलायतलगायत विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययनका लागि जान सफल भएका छन्। विद्यार्थीलाई उपयुक्त शैक्षिक संस्था तथा विषय छनोटदेखि आवेदन प्रक्रिया, भिसा तयारी र विदेश अध्ययनसम्बन्धी आवश्यक परामर्श प्रदान गर्दै आएको शाखाले जनाएको छ।
शाखा प्रबन्धक निर्देशक कलम तिम्सिनाले २३औँ स्थापना दिवसले संस्थासँग आबद्ध कर्मचारीलाई थप उत्साहित बनाएको बताए। विद्यार्थीको शैक्षिक भविष्यसँग जोडिएको सेवामा गुणस्तर र विश्वसनीयतालाई प्राथमिकतामा राख्दै आगामी दिनमा सेवा अझ प्रभावकारी बनाउने उनको भनाइ छ ।
विद्यार्थीको विदेश अध्ययन यात्रा सहज र व्यवस्थित बनाउनु हाम्रो मुख्य जिम्मेवारी रहेको तिम्सिनाले बताए ।
स्थापना दिवसका अवसरमा संस्थाले २३ वर्षको यात्रामा हासिल गरेका उपलब्धि, विद्यार्थीलाई प्रदान गर्दै आएको सेवा तथा आगामी कार्ययोजनाबारे जानकारी गराएको थियो ।
विश्वका विभिन्न मुलुकमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीको संख्या बढ्दै गएको अवस्थामा एक्सपर्टले आफ्नो परामर्श सेवालाई थप विद्यार्थीमैत्री र प्रविधिमैत्री बनाउँदै लैजाने जनाएको छ।
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३