-
इटहरी । नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्य को बहुप्रतीक्षित नेपथ्य लाइभ इन इटहरी–२०८३ कात्तिक १८ गते इटहरी रंगशालामा आयोजना हुने भएको छ।
पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजनामा हुने कार्यक्रमलाई लक्षित गर्दै आयोजकले सीमित अवधिका लागि आकर्षक टिकट छुट योजना सार्वजनिक गरेको हो।आयोजकका अनुसार केही दिनका लागि रु. १,५०० मूल्यको साधारण टिकट अनलाइन बुकिङ गर्दा ५०० छुट प्रदान गरिएको छ। यस अफरअन्तर्गत दर्शकले टिकट रु,१००० मै प्राप्त गर्न सक्नेछन्। अनलाइन टिकट ल्भउबतजथब।अयm।लउ र त्जगउचबष्।अयm मार्फत उपलब्ध हुने व्यवस्था गरिएको छ। यस्तै, वैध परिचयपत्र भएका विद्यार्थीहरूका लागि रु. ५०० छुट गरी टिकट रु. १,००० मा उपलब्ध गराइने आयोजकले जनाएको छ।

यसैबीच, पूर्वाञ्चल इभेन्ट्स प्रालि ले आफ्नो सचिवालय दुर्गा पार्टी प्यालेस, इटहरी बाट पनि प्रत्यक्ष टिकट बुकिङ सुरु गरेको जनाएको छ। इभेन्ट्स प्रालिका प्रवन्ध निर्देशक राजकुमार कार्कीले नेपथ्यको प्रस्तुति केवल सांगीतिक कार्यक्रम मात्र नभई पूर्वी नेपालको सांस्कृतिक पहिचान र पर्यटन प्रवर्द्धनसँग जोडिएको उत्सवका रूपमा आयोजना गर्न लागिएको बताए। उनका अनुसार इटहरीसहित आसपासका जिल्ला तथा भारतको सीमावर्ती क्षेत्रबाट समेत उल्लेख्य दर्शक आउने अपेक्षा गरिएको छ।
कार्कीले यस्ता राष्ट्रियस्तरका सांगीतिक कार्यक्रमले सांगीतिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। “नेपथ्यजस्तो लोकप्रिय ब्यान्डको प्रस्तुति हेर्न आउने दर्शकले इटहरीको होटल, रेष्टुरेन्ट, यातायात तथा अन्य स्थानीय व्यवसायमा समेत सकारात्मक आर्थिक गतिविधि बढाउने पनी बताए ।
News Desk 0 response बुधबार, साउन २०, २०८३
आयोजकले टिकट समयमै खरिद गर्न तथा प्रारम्भिक छुट योजनाको लाभ लिन दर्शकलाई आग्रह गरेको छ। नेपथ्यले यसअघि पनि देशभरका विभिन्न शहरमा हजारौं दर्शकमाझ सफल प्रस्तुति दिँदै आएको छ, र इटहरीको यो कार्यक्रम पनि वर्षकै चर्चित सांगीतिक आकर्षण बन्ने अपेक्षा गरिएको छ।
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३