• इटहरी । रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना समारोह सम्पन्न भएको छ। समारोहले रोट¥याक्ट वर्ष २०२६र२७ का लागि अनुप्रस विष्टको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
    नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सञ्जय ठाकुर, जेनिशा जुनिरा र प्रदोष ढकाल चयन भएका छन्। त्यस्तै सचिवमा अस्तिका चौहान, सहसचिवमा प्रवेश दाहाल, कोषाध्यक्षमा प्रिया कार्की तथा सह–कोषाध्यक्षमा संगम खड्का चयन भएका छन्। लगायत २२ सदसिय नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले समारोहमा पद तथा गोपनीयताको सपथसमेत ग्रहण गरेका छन्।
    इटहरी स्थित दुर्गा पाटी प्यालेसमा आयोजित कार्यक्रममा रोट¥याक्ट क्लब अफ इटहरीका वर्ष २०२५र२६ का अध्यक्ष शीतल धितालको अध्यक्षता तथा डिस्ट्रिक्ट गभर्नर अमित गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
    समारोहलाई सम्बोधन गर्दै नवनियुक्त अध्यक्ष अनुप्रस विष्टले युवाको समय, ऊर्जा र क्षमतालाई सकारात्मक दिशामा परिचालन गर्दै समाजमा रचनात्मक परिवर्तन ल्याउने क्लबको मुख्य उद्देश्य रहेको बताए।


    उनले युवामा नेतृत्व क्षमता विकास, सामाजिक उत्तरदायित्व र सकारात्मक सोचको विकाससँगै क्लबले आगामी वर्ष विभिन्न सामाजिक तथा नेतृत्व विकासका कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताए।
    कार्यक्रमका प्रमुख अतिथि अमित गिरीले रोट¥याक्ट युवाहरूको नेतृत्व विकास र सामाजिक सेवाका लागि महत्वपूर्ण माध्यम बन्दै गएको बताए। उनले युवाको नेतृत्व क्षमता विकाससँगै समाजका आवश्यकतामा केन्द्रित भएर काम गर्न नयाँ कार्यसमितिलाई आग्रह गरे।
    समारोहमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रकी सञ्चालिका ब्रह्मकुमारी शारदा सिटौला, रोटरी क्लब अफ इटहरीका अध्यक्ष चेतन धमला, लायन्स क्लब अफ इटहरी पाथीभराका अध्यक्ष रविन्द्र निरौला, निवर्तमान अध्यक्ष कमल तिम्सिना, इटहरी एक्टिभका प्रथम उपाध्यक्ष गोपाल निरौला तथा रोटरी क्लब अफ इटहरीका पूर्व अध्यक्ष अनन्त विष्ट, संयोग पराजुली, लक्ष्मी थेबे, निःसाहय बालबालिका सेवा आश्रम भवन निर्माण समितिका अध्यक्ष राजेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
    समारोहमा क्लबको विगतका गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजनाबारे समेत छलफल गरिएको थियो।

4565