-
गीतकार सन्जिव कोयी राईको शब्द रचनामा गायिका मेलिना राई र गायक निशान भट्टराईले गाएको “सालघारीमा” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रोमान्टिक शैलीको म्युजिक भिडियोमा मोडल अञ्जली अधिकारी र विजय पुनले मुख्य अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन आशिष राईले गरेका छन् भने छायांकन दुर्गा बान्तावा राई र मनोज राईले गरेका हुन्। राजु कार्कीले एरेन्ज गरेको गीतको संगीत दिलीप कोयी राईले गरेका हुन्।
सार्वजनिक म्युजिक भिडियोका लागि ऋगार सन्जु थलङले गरेकी हुन् भने ड्रोनमा किरण रोक्काले लिएका दृश्यमा रेकर्डिङ, मिक्सिङ र मास्टरिङ एकराज सेम राईले गरेका छन् । वान पिस स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको भिडियो जनता डिजिडल फ्लिम मार्फत बजारमा ल्याइएको हो । म्युजिक भिडियो प्राविधिक पक्षको सम्पूर्ण इडिटिङ र कलरिङ अमृत चापागाईले गरेका हुन्।
गीतकार राईका अनुसार यो म्युजिक भिडियो निर्माणका लागि मकाउका नेपाली समुदायको सहयोग रहेको छ । म्युजिक भिडियोका लागि मकाउका युवा व्यवसायी रुस्तम श्रेष्ठले मुख्य प्रायोजन गरेका छन् ।
त्यसैगरी नेपाली सहयोगी हातहरु मकाउ, गुरुङ “तमु” समाज मकाउ, किरात राई यायोक्खा मकाउ, मगर संघ मकाउ, शेर्पा समाज मकाउ, नेपाल आदिबासी जनजाति महासंध मकाउ, मकाउ तामाङ घेदुङ एशोसियएसन मकाउ, किरात याक्थुम चुम्लुङ मकाउ, एन होप ट्रेडिङ एण्ड ब्राण्ड लिमिटेट, महिला शक्ति समाज सुनसरी नेपाल र कविता राई लगायतले विशेष सहयोग र सह प्रायोजक गरेको गीतकार राईले जानकारी दिए।
News Desk 0 response आइतवार, भदौ ६, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३