-
सुनसरी । एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत स्थानीय कार्यक्रम सल्लाहकार समितिको बैठक सुनसरीको झुम्कामा सम्पन्न भएको छ ।
इटिसी नेपाल र सेभ द अर्थ सुनसरीको सहकार्यमा भएको बैठकमा उपलब्धि, चुनौती र आगामी योजना बारे विस्तृत छलफल गरिएको थियो ।
इटिसि नेपालको सहयोगमा सेभ द अर्थ सुनसरीले रामधुनीको वडा नम्बर २ ,४,८ र ९मा आयोजना गरेको एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य,कृषी,पशु पालन लगायतका क्षेत्रमा महिलाहरु लाई तालिम सहित आय,आर्जनका लागी विभिन्न कार्यक्रमहरु संचालन गरेको विषयमा जानकारी गराएका थिए ।
सेभ द अर्थ सुनसरी रामधुनीले सोही वडा नम्बर २ ,४,८ र ९ रहेका १८ वटा सामुदायिक विद्यलयमा अध्यनरत विपन्न,दलित विद्यार्थीहरुका लागी छात्रावृत्ती,शैक्षिक सामाग्री वितरण,४ वटा लघु उद्यम सहकारी विस्तार तथा पशुपालन ,कृषीमा आधुनिकीकरण गरी एक हजार बढी महिलाहरु लाभान्वित लगायतका विषयमा सेभ द अर्थकी सपना कँडेलले प्रस्तुतिकरण गरेकी थिन ।
News Desk 0 response शुक्रबार, कार्तिक २१, २०८२
कार्यक्रममा बोल्दै इटिसी नेपालका शिक्षा निर्देशक लक्ष्मी भक्त बासुकलाले इटिसी नेपालले विगत लामो समयदेखि शिक्षा र समुदाय विकासका क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी गराए । उनले संस्थाले “ल्याउने, सिकाउने र टिकाउने” भन्ने मूल मन्त्रका साथ हरेक वर्ष करिब ६ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको बताए ।
उनले इटिसी नेपालले महिला सशक्तीकरणलाई प्राथमिकतामा राख्दै सीप अभिवृद्धि, पशुपालन र कृषिमा आधारित तालिम र सहयोग कार्यक्रम पनि सञ्चालन गर्दै आएको बताए ।
त्यसैगरी, सेभ द अर्थ नेपालका अध्यक्ष पुष्प भट्टराईले संस्थाले विगत वर्षका गतिविधि र उपलब्धिहरूको बारेमा जानकारी गराए । उनले सेभ द अर्थले वातावरण संरक्षण, समुदाय सशक्तीकरण, स्वास्थ्य र शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको बताए ।
भट्टराईले आगामी दिनमा समुदायमै आधारित दिगो विकासका नयाँ परियोजना सञ्चालन गर्ने योजना रहेको उल्लेख गरे ।
कार्यक्रमका अध्यक्ष रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरीले इटिसी नेपाल र सेभ द अर्थले रामधुनी क्षेत्रमा शिक्षा, स्वास्थ्य, कृषी र सहकारी क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याएको बताए । उनले दुवै संस्थालाई आगामी दिनमा पनि त्यही क्षेत्रमा कार्यक्रम निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा सहभागीहरूले विकासका लागि स्थानीय सरकार र समुदायबीचको सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा रामधरनी नगर पालिकाकी उपमेयर तारा थापा, शिक्षा शाखा प्रमुख गुणराज ढकाल, सहकारी शाखा प्रमुख सुमन पौडेल, रामधरनीका २ नम्बर वडा अध्यक्ष तेजनारायण चौधरी,वडा नम्बर ९ का अध्यक्ष घनश्याम चौधरी लगायतले सस्थाले गरेको कार्यक्रमका विषयमा बोलेका थिए भने विभिन्न विद्यालयका प्रमुख, समुदायका अगुवा, सहकारी प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३





