-
चौथो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)आजदेखि शुरु भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वका चलचित्र र चलचित्रकर्मीमाझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने उद्देश्यका साथ महोत्सव शुरु गरिएको हो ।
महोत्सवको भर्चुअल उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा। रामकुमार फुयाँलले महोत्सवले नेपाली चलचित्रका माध्यमबाट नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वसामु प्रचार गर्ने बताए। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले महोत्सवले विभिन्न देशबीच आत्मीय सम्बन्ध राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
पोर्चुगलका चलचित्र निर्देशक ज्वाओ पाउलो म्याकेज्डोले महोत्सवमा सहभागी नेपाली चलचित्रबाट नेपाली कथा र विषयवस्तु बुझ्न पाइने बताए। चलचित्र निर्देशक तुलसी घिमिरेले महोत्सवले समग्र चलचित्र क्षेत्रको विकास र विस्तारमा सहयोग पु¥याउने बताए। महोत्सवमा भारतीय अभिनेता अनुराग कश्यपले आफ्नो अनुभव सुनाए।
उनले नेपालका मनोरम दृश्य र नेपाली कथा समेटिएको चलचित्रलाई विश्वबजारले समेत उत्साहका साथ हेरिरहेको बताए। प्रतिष्ठानका अध्यक्ष केपी पाठकले नेपाल सहित ३१ देशका ६५ वृत्तचित्र र छोटा चलचित्र महोत्सवमा सहभागी रहेको जानकारी दिए। नेपालका तर्फबाट आठ छोटा चलचित्र समाविष्ट छन् । महोत्सव यही वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ । कोरोना भाइरसका कारण यसपटक महोत्सवलाई भर्चुअल रुपमा सञ्चालन गरिएको छ ।
News Desk 0 response बिहिबार, बैशाख २३, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





