-
दोहा – ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा सहभागी हुनका लागि डिजिटल अडिसन पठाउने समय अब एक साता मात्रै बाँकी रहेको आयोजक संस्थाले जनाएको छ ।आगामी अप्रिल ३० तारिखसम्ममा आइडलमा सहभागी हुनका लागि आफुले गीत गएको २ मिनट को भिडियो रेकर्ड गरेर पठाउनु पर्ने छ ।
ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ आयोजक गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा समितिका संयोजक राज रेग्मीले प्रतियोगिताको आयोजनाको तयारी र प्रतियोगीहरुको सुझावलाई दृष्टिगत गरी थपिएको समयावधिभित्र भिडियो पठाउन अनुरोध गरे ।
रेग्मीले एक साता भित्रै ‘ग्लोबल एनआरएन सिंगिङ आइडल’मा सहभागी हुन चाहनेहरूलाई भिडियो पठाउन अपिल गरे । सबै क्षेत्रको सुझावका आधारमा अडिसनको मिति थप गरिएको र आगामी शुक्रबार सम्म डिजिटल अडिसनको समय रहेका रेग्मीले बताए ।
‘संगीत साधनामा लागेका सबै युवा साथीहरूलाई मेरो अनुरोध छ, सकेसम्म चाँडै भिडियो पठाएर ग्लोबल एनआरए सिंगिङ आइडलमा सहभागी हुनुहोला, यो प्रतिस्पर्धाले गायन क्षेत्रमा तपाईको नवीन यात्रा प्रारम्भ हुने छ,’ रेग्मीले भने ।यसैबीच, ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले प्राप्त गर्ने पुरस्कार राशी पनि ३ गुणाभन्दा धेरै बढाएर ७ लाख रुपैयाँ तय गरिएको छ । यसअघि प्रथम पुरस्कारको राशी २ लाख रुपैयाँ तोकिएको थियो ।
त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ ।
मध्यपूर्व युवा संयोजक रेग्मीका अनुसार डिजिटल अडिसन अप्रिल ३० मा हुने छ । ओपनिङ राउन्ड मे १४ र १५ तारिखमा हुने छ । ग्राण्ड फिनाले मे २१ तारिखमा सम्पन्न हुने रेग्मीले बताए ।ग्लोबल सिंगिङ आइडल–२०२१ मा निर्णायकको भूमिकामा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायिका प्राश्ना शाक्य र गायक विजय लामा रहेका छन् ।एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपूर्व क्षेत्रीय युवा समितिले आयोजना गर्न लागेको ग्लोबल एनआरएन सिंगिङ आइडलु मा सहभागी हुन इच्छुक प्रतियोगीहरूले भिडियो पठाइरहेका छन् ।
विजेता छनोट गर्न पारदर्शितामा ध्यान दिनु पर्ने भएकाले पब्लिक भोटिङ र अनलाइन भोटिङको व्यवस्था गरिएको संयोजक रेग्मीले जानकारी दिए ।गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व संयोजक एवं ग्लोबल सिंगिङ आइडलका मुख्य सहयोगी प्रविण गुरुङले पनि प्रवासमा रहेका नेपालीहरूलाई उत्साहका साथ प्रतियोगितामा भाग लिन आग्रह गरेका छन् ।
News Desk 0 response शुक्रबार, बैशाख १०, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३

शनिबार, बैशाख १९, २०८३