उठन ठुल दिदी, इटहरीबाट देशभर गुन्जिँदै गंगा गौतमको तीज गितहरु
https://youtu.be/YMQKzRthg_s?si=xv-hyxqEvRj71obk
-
इटहरी । आउदै गरेको नेपाली महिलहरुको महान पर्व हरीतालिका तिज लक्षित गायिका गंगा गौतमको उठन ठुल दिदी बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
आचार्यका सांगीतिक क्षेत्रमा निरन्तर समर्पित हुँदै पूर्वी नेपालको इटहरीमा रहेर नेपाली लोक संंगतलाई समर्पण पूर्वक सेवा पु¥याइरहेकी चर्चित गायिका गंगा गौतम आचार्यको धरान ,धनकुटा गित बाट चर्चा कमाएकी छिन् ।
साउनको झरीसँगै देशभर तिजको रौनक बढ्दै जाँदा, आचार्यले महिला सशक्तीकरणको आवाज बोकेर एकै साथ दुईवटा तिज गितको म्युजिक भिडियो गौतमको अफिसियल युटुवमा सार्वजनिक गरिएको हो ।
इटहरीमा छायाँकन गरिएको उठन ठुल दिदी बोलको म्युजिक भिडियोमा यस पटक उनले तिजलाई केवल पर्वका रूपमा नभई, महिला चेतनाको अभियानका रूपमा प्रस्तुत गर्न खोजेकी छन्।गितको छायांकन इटहरी स्थित सुकल्प सामुदायिक भवनमा गरिएको छ ।
यस गितमा कोशी प्रदेशसभा सदस्य मिना श्रेष्ठ, सामाजिक अभियन्ता तथा माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेल, साथै अन्य महिलाहरूको विशेष अभिनय रहेको छ ।
उनीहरूको भूमिका मार्फत गितले महिलाको आत्मबल, संघर्ष र आत्मनिर्भरताको सन्देश दिन खोजेको छ ।
ग्रामीण र शहरी परिवेशमा जिवन गुजारिरहेकी महिलाको मनोविज्ञान, संघर्ष र आत्मबललाई कलात्मक तरिकाले गितमा समेटिएको छ ।
गौतमको शब्द लेखन तथा स्वर रहेको मेची पर्याे माइती मेरो, घर महाकाली लाग्छ प्यारो आफनै देशको उकाली ओराली बोलमा लय भानु ओली , एरेन्ज शिलाबहादुर मोक्तान , निर्देशन तुलसी घिमीरे र छाँयांकन रिकेश बज्राचार्यको रहेको छ ।
अर्काे केही दिन अगाडी सार्वजनिक गरिएको नक्कल पार्ने बानी काठकाण्डौमा छयांकन गरिएको गितमा मनोरञ्जन र नाचगानको संगम तेस्रो र फरक धारको हो, जसमा मनोरञ्जन र नाचगानलाई जोड दिइएको छ ।
यसु थापाको शब्द, राजकुमार बगरको संगीत, र राजु कार्कीको एरेञ्ज रहेको यस गितले विशेषगरी तिजको रमाइलो, थकान मेट्ने, मन हलुका बनाउने भाव बोकेको छ ।
तिज पर्वको खास मौलिकता भनेकै सामूहिक नाचगान र भाबनात्मक अभिव्यक्ति भएकाले यो गीत महिला दर्शक स्रोतामाझ प्रिय बन्ने विश्वास गरिएको छ ।गितको म्युजिक भिडियोलाई सुमनसागर जंग केसीले निर्देशन र कोरियोग्राफी गरेका छन्, जसले यसमा जीवन्तता थपेको छ। भिडियोलाई रंगीन, रमाइलो, र आकर्षक बनाइएको छ ताकि गीत हेर्दा पनि महिलाहरूले ब्रतको थकान भुलुन्, उत्सवको मज्जा लिन सकुन् भन्ने रहेको हो ।
गायिका गंगा गौतम आचार्य , शब्द, स्वर र सामाजिक चेतनाको संयोजन गर्दै आचार्यको नाम नेपाली लोकसंगीतको क्षेत्रमा उनमा केवल स्वर मात्रै छैन, शब्द लेख्ने क्षमता, संगीत प्रतिको लगाव र समाज प्रतिको उत्तरदायित्व समेत मिसिएको छ ।
उनले यसअघि नै १७ वटा तिज गित सहित ८० भन्दा बढी विभिन्न सब्दमा गीतहरू सार्वजनिक गरिसकेकी छन्, जसले नेपाली संगीतप्रेमीहरूको मन जित्दै आएका छन्।इटहरीलाई सांगीतिक राजधानी बनाउने सपना बोकेकी आचार्य, यतिखेर आफ्ना गित मार्फत समाजमा चेतना फैलाउने, महिलाहरूलाई आत्मनिर्भर र जागरुक बनाउने अभियानमा समेत लागेकी छन ।
उनी भन्छिन् सिर्जना केवल मनोरञ्जनका लागि होइन, परिवर्तनको साधन पनि हो। महिलाले आफैं बोल्न, गाउन, उठ्न, अगाडि बढ्नुपर्छ भन्ने सन्देश हो मेरो गीतहरूमा सन्देशमूलक र सिर्जनात्मक संगम दुवै गीतहरूले तीज पर्वको मौलिकता, संस्कृति, आधुनिक महिलाको जीवनशैली, र सामाजिक सन्देशलाई सन्तुलनसाथ प्रस्तुत गर्न खोजेका छन् । जहाँ एक गितले भावना र सशक्तीकरणको कथा बोकेको छ भने अर्को गीतले रमाइलो, हासो, नाचगान, र उत्सवको स्वरुपलाई समेटेको छ ।गितहरू गंगा गौतम आचार्यको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ । संगीतप्रेमी, विशेषगरी महिलाहरूको लागि यी गीतहरू तिजमा थप ऊर्जा, उत्साह र आत्मबलको स्रोत बन्ने अपेक्षा गरिएको छ ।
News Desk 0 response बिहिबार, साउन २९, २०८२
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





