-
बलिउड अभिनेता आमिर खानले फिल्मबाट संन्यास लिने निर्णय गरेको तथ्य बाहिर आएको छ।‘आइडियाज अफ इन्डिया’ नामक कार्यक्रममा उनले परिवारलाई समय दिन नपाएको भन्दै फिल्ममा काम नगर्ने र फिल्म निर्माण समेत नगर्ने निर्णय लिएको खुलासा गरेका हुन्। उनका अनुसार यो निर्णय उनले कोरोनाकालमै गरेका थिए।
आगामी फिल्म लालसिंह चड्डा पछि आफूले फिल्म नखेल्ने निर्णय गरेको उनले बताएका हुन्।अभिनेता आमिरको फिल्मबाट संन्यास लिने निर्णयप्रति उनकी पूर्व श्रीमती किरण रावलगायत परिवार दुखी भएका थिए।‘मैले किरणसहित यो कुरा परिवारलाई सुनाउँदा आफ्नै आँखा समेत रसाए। मैले मनबाटै फिल्म छाडिसकेको थिएँ। त्यही निर्णय बुझाउने तरिकाले परिवारलाई सुनाएँ। उनीहरूले मसँग कुनै वादविवाद गरेनन्,’ उनले भने।
तर उनकी श्रीमती किरण रावले फेरि सोच्न आग्रह गरेकी थिइन्।किरणले मभित्रको फिल्मलाई चिनेकी छन्। उनले मसँग रुँदै फिल्मबाट अलग नहुन आग्रह गरिन्। तर, म अब यो सब गर्न चाहँदिनँ थिएँ,’ आमिरले भनेका छन्।उनले यसमै थपे, ‘म तपाईंहरूसँग मेरो समय बिताउन चाहन्छु भनेर किरण र उनका आमाबाबु, रिना र उनका आमाबाबु, मेरा छोराछोरी र मेरो परिवारलाई सम्झाएँ।’
उनले आउँदो समयमा फिल्मसँग जोडिएको गतिविधिसमेत आफूले नगर्ने बताएका थिए। उनले फिल्म छाड्ने निर्णय लिएपछि छोरी इरा खानसँग काम गरिरहेका छन्।आमिरले यो कुरा परिवारभन्दा बाहिर पनि भन्न चाहेका थिए। तर फिल्म रिलिज हुने समयमा यस्तो घोषणा उपयुक्त हुँदैन भनेर रोकिए। उनलाई यो ुमार्केटिङ पोलिसीु नलागोस् भन्ने थियो।
‘मैले फिल्मबाट संन्यास लिँदैछु भन्दा मैले मार्केटिङ गरेँ भन्ने लाग्न सक्छ। त्यसैले म बिस्तारै काम गर्न छाड्दै छु। नयाँ फिल्म गर्ने छैन,’ उनले भने, लालसिंह चड्डा रिलिजपछि अबको तीन–चार वर्षसम्म म के गर्छु भनेर कसैले पत्तै पाउँदैनन्। त्यतिञ्जेल म यहाँबाट हराउने छु। अब आराम गर्ने समय हो।’
उनी आगामी दिनमा के गर्नेछन्, त्यो त पछि नै थाहा हुनेछ। हाल भने उनले आफ्नो फिल्म लालसिंह चड्डा आफूलाई मनपर्ने अभिनेता टम ह्यांक्सलाई देखाउने प्रयास समेत गरिरहेका छन्। यो फिल्म टमकै ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो। यसमा आमिरलाई करीना कपूर खानले साथ दिएकी छिन्।
उनको पछिल्लो समय ‘ठग्स अफ हिन्दोस्तान’ रिलिज भएको थियो। यो फिल्म बक्स अफिसमा फ्लप सावित भयो।आमिर र उनकी पत्नी किरण रावले गत असारमा सम्बन्ध विच्छेदको घोषणा गरेका थिए। किरण आमिरकी दोस्रो श्रीमती हुन् र उनीहरूका एक छोरा छन्। आमिरकी पूर्वपत्नी रिनाका तर्फबाट पनि छोरी इरा छिन्। किरण र आमिरले आफूहरू श्रीमानश्रीमतीका रूपमा अलग भए पनि सँगै काम गरिरहने र साथी रहिरहने बताएका थिए।
News Desk 0 response बुधबार, चैत्र १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





