• बलिउड तथा हलिउड चलचित्रमा आफ्नो बलियो पकड बनाउन सफल भएकी भारतीय नायिका प्रियंका चोपडा आमा बनेकी छिन् । उनी सरोेगेसीको मद्दतले आमा बनेकी हुन् । सामाजिक संजालबाट योे कुराकोे जानकारी दिदै प्रियंकाले आफूहरुको गोेपनियताकोे ख्याल राखिदिन सबैसँग आग्रह समेत गरेकी छिन् ।
    उनले लेखेकी छिन्–‘हामीले सरोगेसीकोे माध्यमबाट एक बच्चालाई हाम्रोे जीवनमा स्वागत गरेका छौैं । हामी हाम्रोे परिवारका लागि सबैसँग योे आग्रह गर्न चाहन्छौैं कि यो समयमा हाम्रो गोेपनियताको ध्यानमा राखिदिनुहोला ।’

    नायिका चोपडाले सन् २०१८ मा निक जोनससँग बिहे गरेकी थिइन् । केही समय प्रेम सम्बन्धमा रहेपछि चोपडाले गायक जोनससँग भातरको उदयपुरमा हिन्दु परम्परा अनुसार बिहे गरेकी थिइन् । तर, केही समय अगाडि प्रियंका र निकको डिभोर्सको चर्चा समेत सामाजीक संजालमा खुबचलेको थियोे । प्रियंकाले सामाजिक संजालबाट आफ्नोे नामकोे पछाडि जोडिएको जोनस थर हटाएपछि यस्तोे चर्चा चुलीएको थियो ।

4565