-
लाइबेरियाको राजधानी मोन्रोभियामा भएको क्रिश्चियन प्रार्थना जमघटमा भएको झडपमा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ । घटनामा अन्य दर्जनौँ मानिस सख्त घाइते भएकोले मृतक सङ्ख्या बढ्न सक्ने प्रहरीले बिहीबार जनाएको छ ।पश्चिम अफ्रिकी मुलुकका सञ्चार माध्यमका अनुसार आक्रमण स्थानीय समय अनुसार बिहीबार बिहानै भएको थियो ।
प्रहरी प्रवक्ता मोसेस कार्टरले एएफपीसँग भन्नुभयो, घटनामा २९ जनाको मृत्यु भएको छ भने भागदौडका क्रममा धेरै मानिसहरूको अवस्था गम्भीर भएकाले मृतक सङ्ख्या थप ‘बढ्न सक्ने’ देखिएको छ ।”
मृत्यु हुनेमा केही बालबालिकासमेत रहेका उनले बताए ।घटना कसरी सुरू भयो विस्तृत विवरण प्राप्त हुन बाँकी छ । मोन्रोभियाको मजदुर वर्ग बसोबास गर्ने ‘न्यू क्रू टाउन’ नजिकैको फुटबल ग्राउण्डमा लाइबेरियामा ‘क्रुसेड’ भनेर चिनिने इसाईहरूको प्रार्थनाको लागि जमघट भएको समयमा भागदौड मच्चिँदा ठूलो मानवीय क्षति भएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
यस्ता जमघटहरू सामान्यतया लाइबेरियामा हजारौं मानिसहरू भेला हुन्छन् । अधिकांश इसाइ धर्मावलम्बी रहेको लाइबेरियामा धर्मलाई विशेष महत्व दिने गरिन्छ ।एक लोकप्रिय धर्मगुरू पास्चर अब्राहम क्रोमाको उपस्थितिमा न्यू क्रु टाउनमा दुई दिने प्रार्थना कार्यक्रमको आयोजना भएको र कार्यक्रममा ठूलो भीड भेला भएको सामाजिक सञ्जालहरूबाट सार्वजनिक तस्बीरहरूमा देखिएको छ ।
चक्कू तथा छुरी प्रयोग गर्ने डाँकूहरूले उपासकहरूलाई आक्रमण गरी तर्साएपछि भाडदौड मच्चिएको स्थानीय सञ्चार माध्यमले कार्यक्रमका सहभागीलाई उद्धृत गरी समाचार सम्प्रेषण गरेका छन् ।
२६ वर्षीय प्रत्यक्षदर्शी इमान्यूयल ग्रेले एएफपीसँग आफूले घटनाको अन्ततिर ‘ठूलो आवाज’ सुनेको र धेरै मृत शरीर देखेको बताए । लाइबेरियामा मानव सिर्जित हिंसा, दुर्घटना र प्राकृतिक प्रकोप तुलनात्मक रूपमा सामान्य मानिन्छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार लाइबेरियाको मध्यभागमा आयोजित यस्तै प्रार्थना सभामा नोभेम्बर २०२१ मा भएको भागदौडमा दुई नाबालकको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । गत वर्षको जुलाईमा लाइबेरियाको तटीय क्षेत्रमा पानी जहाज दुर्घटनापछि १७ जना बेपत्ता भएका थिए । सन् २०२० को मे महिनामा उत्तरपश्चिमी लाइबेरियाली खानी विष्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको थियो ।
अफ्रिकाको सबैभन्दा पुरानो गणतन्त्र लाइबेरिया एउटा गरिब देश हो जहाँ सन् १९८९–२००३ सम्म भएको गृहयुद्धमा करीब दुई लाख ५० हजार मानिसको मृत्यु भएको थियो । सन् २०१४–२०१६ को पश्चिम अफ्रिका इबोला महामारीले पनि देशलाई तहसनहस पारेको थियो ।
विश्व बैंकका अनुसार लाइबेरियाको ४४ प्रतिशत जनसंख्याले सरदर प्रतिदिन १.९ अमेरिकी डलरभन्दा कम आय रहेको संयुक्त राष्ट्रसंघको मानव विकास सूचकांकले देखाएको छ ।
News Desk 0 response बिहिबार, माघ ६, २०७८
सम्बन्धित शीर्षकहरु
-
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३
-
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३





