-
रियाद, साउदी अरेबिया । करिब चार लाख नेपाली श्रमिक कार्यरत साउदी अरेबियामा बसेर प्रवासी नेपालीको हकहित, सेवा, समन्वय र समस्या समाधानमा क्रियाशील गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाले आफ्नो दशौं महाधिवेशन राजधानी रियादमा भव्यताका साथ सम्पन्न गरेको छ ।
महाधिवेशनले सर्वसम्मत रूपमा उमेश भट्टराइको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै संस्थाको नेतृत्व हस्तान्तरण गरेको हो ।
महाधिवेशनमा निवर्तमान अध्यक्ष रबिना अर्यालले आफ्नो कार्यकाल सम्पन्न भएको घोषणा गर्दै आगामी दिनमा पनि संस्थासँग सहकार्य गर्दै प्रवासी नेपालीको सेवामा निरन्तर समर्पित रहने प्रतिवद्धता जनाइन् । उनले कार्यकालभर नेपाली श्रमिकहरूका पीडा, राहदानी समस्या, कानुनी चुनौती र दूतावास सँगको समन्वयमा गरिएका पहलहरूलाई सम्झिँदै मन्तव्य राखेका थिइन ।
नयाँ अध्यक्ष उमेश भट्टराइले जिम्मेवारीलाई अवसर र चुनौती दुबैका रूपमा स्वीकार गर्दै समावेशी नेतृत्व र प्रभावकारी कामको संकल्प व्यक्त गरे ।
उनले प्रवासी नेपालीको हकहितमा संवेदनशील, पारदर्शी र परिणाममुखी काम गर्ने प्रतिबद्धता जानाए ।
कार्यक्रममा साउदी अरेबियाका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले गैरआवासीय नेपाली संघ साउदी अरेबियाले नेपाली समुदायका लागि गर्दै आएको कार्यको प्रशंसा गरे ।
उनले नेपाली श्रमिकको उद्दार, आपत्कालीन सहायताको समन्वय, राहदानी तथा कागजी प्रक्रिया सहज बनाउने कार्यमा संघसँग मिलेर काम गर्न दूतावास सधैं तत्पर रहने बताए ।
उनले स्पष्ट रूपमा प्रवासी नेपालीको समस्या बुझ्ने, महसुस गर्ने र समाधान गर्न संघ र दूतावास बीचको समन्वय झनै सुदृढ गर्नु पर्नेमा जोड दिए ।
नव–निर्वाचित उपाध्यक्ष बिष्णु भण्डारीले संघले विगतमा राहदानी नविकरण, श्रमिक समस्याको मध्यस्थताका लागी सक्रिय भूमिका रहने उल्लेख गरे ।
उनले दूतावाससँगको समन्वय अझ मजबुत बनाउँदै प्रवासीको जीवन सहज र सुरक्षित बनाउने दायित्व निर्वाह गरिने पनी बताए ।
महाधिवेशनमा सांस्कृतिक र मनोरञ्जन पक्षलाई समेट्दै कार्यक्रममा लोकप्रिय सेलो गायिका जितु लोप्चनको धमाकेदार प्रस्तुति रहेको थियो ।
News Desk 0 response शनिबार, साउन ३, २०८२
उनले गाएका नेपाली लोकगीतहरूमा सहभागीहरू रमाउँदै नाचेका थिए ।
साउदीको कडा गर्मी र श्रमजीवी जीवनबाट थकित प्रवासी नेपालीहरूका लागि संगीतले खुसी, उत्साह र उर्जा थपेको सहभागीहरूले अनुभव गरेका थिए ।
साउदी अरेबियाका विभिन्न क्षेत्रहरूबाट प्रतिनिधित्व गर्दै आएका एनआरएन पदाधिकारी, समाजसेवी, श्रमिक अगुवा र महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको यस कार्यक्रममा प्रवासी नेपाली समुदायको एकता र सहकार्यको स्पष्ट झल्को देखिएको थियो ।
साउदीमा कार्यरत श्रमिकहरूको आवाज बन्ने, सहयोग र समन्वयका माध्यम बन्ने, तथा दूतावास र सरकारसँग प्रभावकारी संवाद कायम राख्ने जिम्मेवारी बोकेको गैरआवासीय नेपाली संघ साउदी अरेबियाको नयाँ नेतृत्व प्रति प्रवासी नेपालीहरूले उच्च आशा व्यक्त गरेका छन्।
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
बिहिबार, कार्तिक २०, २०८२ -
२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
बिहिबार, कार्तिक २०, २०८२