-
इटहरी । इटहरी लेडी जेसीजको आयोजनामा लागूऔषध दुर्व्यसनविरुद्ध एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा लागूऔषधको प्रयोगबाट हुने शारीरिक, मानसिक तथा सामाजिक असरका विषयमा विद्यार्थीलाई जानकारी गराइएको थियो।
राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का एक सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा लागूऔषधको जोखिम, यसको प्रयोगबाट उत्पन्न हुने समस्या, दुर्व्यसनबाट बच्ने उपाय तथा युवाको भूमिका लगायतका विषयमा प्रशिक्षण दिइएको थियो। कार्यक्रममा प्रमुख प्रशिक्षक विमला घिमिरेले विद्यार्थीलाई लागूऔषधको प्रयोगबाट टाढा रहन तथा साथीभाइमा पनि यसविरुद्ध सचेतना फैलाउन आग्रह गरिन्।
कार्यक्रमको उद्घाटन इटहरी लेडी जेसीजकी अध्यक्ष यमुना बुढाथोकीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष एवं राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कैलाश कार्कीको प्रमुख आतिथ्यमा भएको थियो।अध्यक्ष यमुना बुढाथोकीले युवावस्थामा गलत संगत र जिज्ञासाका कारण लागूऔषधको प्रयोगतर्फ आकर्षित हुने जोखिम रहेकाले समयमै सचेतना आवश्यक रहेको बताइन्। उनले विद्यार्थीलाई सकारात्मक सोच, अनुशासन र सिर्जनात्मक गतिविधिमा जोडिन आग्रह गरिन्।
News Desk 0 response बुधबार, साउन २७, २०८३
प्रमुख अतिथि कैलाश कार्कीले लागूऔषध दुर्व्यसन समाजकै लागि चुनौती बन्दै गएको भन्दै यसको नियन्त्रणका लागि विद्यालय, परिवार, समुदाय र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताए। उनले विद्यार्थीलाई असल संस्कार र सकारात्मक वातावरण प्रदान गर्न विद्यालयको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।
इटहरी लेडी जेसीजकी उपाध्यक्ष उषा पौडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा लेडी जेसीजका पूर्व अध्यक्षहरू, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। आयोजकले आगामी दिनमा पनि युवामाझ लागूऔषधविरुद्ध सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
सम्बन्धित शीर्षकहरु
-
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३
-
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३





