-
शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘कठपुतली’ले दर्शकहरुलाई हाल सम्म तानेको छ ।शुक्रबारबाट ब्यासायिक प्रदर्शनमा आएको चलचित्रले काठमाडौंका क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाज लगायतका हलमा हाउसफुल व्यापार गरेको छ । कोरोनाको कारण हल सम्म आउन नसकेका दर्शक झन्डै दुई वर्षपछि नेपाली चलचित्र हेर्न हलमा पुगेका थिए ।
चलचित्र प्रदर्शन भएका हलहरुमा दर्शकहरुको भीड देखिएको छ । यो चलचित्रको कथावस्तुलाई पनि दर्शकले रुचाएका छन् । शनिबार चलचित्र हेर्न पुगेको ‘नेपाल आइडल ४’ का प्रतिस्पर्धीहरुले नेपाली चलचित्रको निर्माणको स्तर बढेकोमा खुशी व्यक्त गरेका छन् । उनीहरुले चलचित्रको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति र प्राविधिक पक्ष उत्कृष्ट रहेको प्रतिक्रिया दिए ।
सम्पदा मल्लको लेखनमा तयार भएको यो चलचित्रलाई पृथ्वी रानाले निर्माण गरेका हुन् । चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, धु्रव कोइराला, उषा रजक, शिल्पा मास्के लगायतको अभिनय रहेको छ ।
News Desk 0 response आइतवार, पुस १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३