-
स्टार ईन्टरनेशनल अवार्डको दोश्रो संस्करण होटल र्याडिसनमा भव्य रुपमा सम्पन्न भएको छ । रक्षा मन्त्री डा। मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्ड समारोहमा नेपालका ख्याती प्राप्त कलाकार,सौन्दर्यविद, खेलाडी, समाजसेवीलगायत करीब २ दर्जन सर्जक स्रष्टाहरु सम्मानित भएका थिए । यस अघि कतारको दोहामा नेपालबाट करिब ११० भन्दा बढी कलाकर्मीहरुलाई दोहा लगेर सम्मान गरेको थियो ।
दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित उक्त अवार्ड कार्यक्रममा नेपालका सदावहार नायक भुवन केसी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नायक रमेश उप्रेती, नायिका रेजिना उप्रेती, गायिका सिन्धु मल्ल, कलाकार तथा कोरियोग्राफर प्रशान्त ताम्राकार,वरिष्ठ गायक सिताराम पोखरेल,वरिष्ठ कलाकार उत्तम केसी, वरिष्ठ कलाकार मोहन निरौला,निर्देशक दिपक आचार्य ‘काकू’लगायतको विशेष उपस्थिति रहेको थियो ।
यस बर्षाको सर्वोत्कृष्ट गायिका स्टार ईन्टरनेशनल अवार्ड गायिका प्रशन्ना पाण्डेलाई ट्रोफ़ी मेडल र प्रमाण पत्र हस्तान्तरण गरेको छ हरेक गीतलाई गाउन सक्ने क्षमता भएकी गायिकाको रूपमा परिचित उनी महोत्सव र देश विदेशका प्रोग्रामा पहिलो रोजाई बन्न पुगेकी उनी नेपाली कला र भाषालाई धेरै माया गर्छिन् गायिका प्रशन्ना पाण्डे समाज सेवामा पनि उतिकै सकृय रहने गरेको दावी गरिएकोछ
विदेशमा आयोजना हुँदै आएको उक्त अवार्ड कोरोना महामारीका कारण यो वर्ष स्वदेशमै गरिएको जानकारी आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले दिए । हाँस्य कलाकार गोपाल ढकाल छन्देले अवार्ड कार्यक्रम संचालन गरेका थिए ।
News Desk 0 response बिहिबार, कार्तिक २५, २०७८
सम्बन्धित शीर्षकहरु
-
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३

बिहिबार, अशोज ८, २०८३