-
मुम्बई क्रुज ड्रस मुद्धामा करिब तीन हप्ता जेलमा विताएका अभिनेता शाहरुख खानका पुत्र आर्यन खान शनिबार रिहा भएका छन् । बिहीबार अदालतबाट जमानत पाएका आर्यनलाई शनिबार मुम्बईको आर्थर रोड जेलबाट रिहा गरिएको हो ।
आर्यनका लागि शाहरुखको मिल्ने साथी जुही चावलाले जमानत रकम १ लाख रुपैंयाँ प्रशासनलाई बुझाएकी थिइन् । आर्यनलाई लिनका लागि शाहरुख खान आफै जेल पुगेका थिए ।
जेलबाट बाहिर निस्कदा आर्यन निकै खुशी देखिएका थिए । उनले जेल प्रशासनलाई धन्यवाद समेत व्यक्त गरेका थिए । आर्यनलाई जमानत दिनका लागि हाई कोर्टले कैयौं शर्त राखेको थियो ।
अब आर्यनले यो मुद्धा नसुल्झिएसम्म कोही अन्य आरोपीसँग सम्पर्क गर्न पाउनेछैनन् । उनी प्रमाणमाथि छेडछाड गर्न पाउने छैनन् । आर्यनले आफ्नो पासपोर्ट नजिकको पुलिस स्टेसनमा बुझाउनुपर्नेछ । उनले मिडियामाझ पनि आफ्नो कुरा राख्न पाउनेछैनन् । यतिमात्र होइन अदालतको अनुमति बिना उनी देशबाहिर पनि जान पाउदैनन् ।
गत अक्टोबर २ मा आर्यनसहितको टोलीलाई एनसीबीले पक्राउ गरेको थियो । त्यसपछि अक्टोबरमा ७ मा उनलाई आर्थर रोड जेलमा सारिएको थियो । उनीसँगै मुनमुन धमेचा र अरबाज सेठ मर्चेन्टलाई पनि पक्राउ गरिएको थियो । सबैजना अक्टोबर ७ देखि जेलमा बन्द थिए ।
News Desk 0 response शनिबार, कार्तिक १३, २०७८
सम्बन्धित शीर्षकहरु
-
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३

बिहिबार, अशोज ८, २०८३