-
दुई सातायता भारतीय फिल्म ‘उचाइ’ को छायांकन नेपालको हिमाली भेगमा भइरहेको छ । काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले लुक्लामा छायांकन सकाएर नाम्चेमा छायांकन गरिरहेको छ ।
यसैक्रममा मंगलवार ब्रेकमा रहेका कलाकारहरूले नाम्चेमा पुगेर सगरमाथाको दृश्यावलोकन गरेका छन् । फिल्मका कलाकारहरू अनुपम खेर, परिणीती चोपडाले पहिलोपटक सगरमाथा देखेको भन्दै समाजिक सञ्जालमा खुशी साटेका छन् । परिणितीले आधार शिविर पुगेको फोटोसहित उनले लेखेकी छिन्, ‘शसभ प्रभात मिस्टर एभरेस्ट । तिमीले आज मलाई नम्रताको पाठ सिकायौं।’
साथै, सगरमाथा सामु जो कसैको शिर झुक्ने भन्दै अनुपमले सगरमाथाको सौन्दर्यको वर्णन गरेका छन् । उनले पहिलोपटक सगरमाथाको अवलोकन गरेको भन्दै खुशी व्यक्त समेत गरेका छन् ।
बलिउड निर्देशक सुरज वर्जत्यले निर्देशन गरिरहेको फिल्मको सुटिङका लागि अनुपम खेर, परिणिती चोपडा, बोमन इरानीलगायतका कलाकार नेपालमा छन् । फिल्म युनिट आगामी साता हिमालपारिको जिल्ला मनाङमा जाने भएको छ । उचाई फिल्म युनिट नेपालमा लगभग ४० दिन रहने छ ।
News Desk 0 response बुधबार, अशोज २७, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





