• अभिनेत्री प्रियंका कार्की आमा बनेकी छिन्। उनले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन्।

    छोरीसँगको फोटो फोटो पोस्ट गर्दै उनले आफू आमा बनेको सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएकी हुन्। उनले फेसबुकमा सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन्।

    फोटोमा उनका श्रीमान् आयुष्मान देशराज जोशी पनि निकै खुशी देखिएका छन्। उनले यसअघि नै छोरीको नाम आयंका भनेर सार्वजनिक समेत गरेकी थिइन्।गत वर्षको चैत २० गते प्रियंकाले आफू गर्भवती भएको जानकारी दिएकी थिइन्। उनले ुवि आर प्रेग्नेन्टु भन्दै फोटो सेयर गरेकी थिइन्। ।

    पछि गर्भवतीमा खिचेका फोटो र भिडियोहरू सामाजिक सञ्जालमा सेयर गर्दा उनी बहसको नै विषय बन्न पुगेकी थिइन्।प्रियंका र आयुष्मान २०७६ साल फागुन १६ गते विवाह बन्धनमा बाँधिएका थिए।

4565