-
पपुवा न्युगिनि (पीएनजी) विरुद्धको पहिलो खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको हो ।
२ सय ९३ रनको ठुलो लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर मात्र २ सय ८६ रन बनायो । रोहितले १ सय २६ रनको कीर्तिमानी शतकीय इनिङमा समेत नेपालले जित निकाल्न सकेन । नेपालका रोहित पौडेलले १ सय २६ रनको कीर्तिमानी शतकीय इनिङ खेले ।
रोहितको यो अन्तराष्ट्रिय क्रिकेटमा पहिलो शतक हो । नेपालका आरिफ शेखले ३४ रन, कुशल भुर्तेलले ३२ रन, सोमपाल कामीले अविजित १८, भिम शार्कीले १७, कमल सिंह ऐरीले १८ बनाउनु बाहेक अन्य खेलाडीले सम्झनालायक प्रदर्शन गर्न सकेनन् ।
टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनायो । नेपालका कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २÷२ विकेट लिए । कप्तान सन्दीप लामिछाने र आरिफ शेखले १÷१ विकेट हात पारे । नेपालले शनिबार पीएनजीबिरुद्ध अर्को एकदिवसीय क्रिकेट खेल्नेछ ।
News Desk 0 response शुक्रबार, चैत्र ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३
-
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३