-
इटहरी । विश्व आदर्श एकेडेमीको आयोजनामा तथा इटहरी टेबलटेनिस एकेडेमीको प्राविधिक सहयोगमा आयोजित दोस्रो विश्व आदर्श कप अन्तरविद्यालय तथा अन्तरकलेज टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ।
साउन ९ गतेदेखि इटहरी टेबलटेनिस रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनल चरण विश्व आदर्श माध्यमिक विद्यालयमा सम्पन्न भएको हो। विद्यालय तथा कलेज तहका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि सक्षम बनाउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा इटहरीका विभिन्न २० वटा विद्यालय तथा कलेजका विद्यार्थीहरूले ६ वटा खेलमा एक सय बढी खेलाडी विद्यार्थीहरुको उत्साहजनक सहभागिता जनाएका थिए।
प्रतियोगितामा १३, १७ र १९ वर्ष उमेर समूहका छात्र–छात्रासहित टिम प्रतियोगितामा प्रतिस्पर्धा गरिएको थियो।
आयोजकका अनुसार प्रतियोगिताले युवा खेलाडीको प्रतिभा पहिचान, विद्यालय तथा कलेजस्तरमा टेबलटेनिस खेलको विकास र विस्तार गर्दै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यलाई थप टेवा पु¥याएको छ।
१३ वर्ष उमेर समूह छात्र सिंगल्सतर्फ विश्व आदर्श स्कुलका निखित कार्की प्रथम, कोशी सेन्ट जेम्सका स्वरुप पोखरेल द्वितीय तथा विश्व आदर्शका आयुष अग्रवाल र पाथीभरा इङ्लिस स्कुलका विश्वदीप पौडेल संयुक्त तृतीय भए।
१७ वर्ष उमेर समूह छात्र सिंगल्समा कोशी सेन्ट जेम्सका आशुतोष कोइराला प्रथम, इटहरी टेबलटेनिस एकेडेमीका रुज्वल बस्याल द्वितीय तथा पशुपति इङ्लिस स्कुलका निशन दोर्नाल र कोशी सेन्ट जेम्सका कविर आचार्य संयुक्त तृतीय स्थानमा रहे।
१७ वर्ष उमेर समूह छात्रा सिंगल्समा विश्व आदर्शकी प्रसिद्धी निरौला प्रथम, प्रकृति सिंह द्वितीय तथा युबिना तामाङ र पिहु पौडेल संयुक्त तृतीय बने।
१९ वर्ष उमेर समूह कलेज छात्रातर्फ सिद्धि अधिकारी प्रथम, श्रेया शाक्य द्वितीय तथा इशिका ओझा र ऋतिका रेग्मी संयुक्त तृतीय घोषित भए।
त्यसैगरी १९ वर्ष उमेर समूह कलेज छात्रतर्फ विश्व आदर्श कलेजका आदर्श भट्टराई प्रथम, स्वर्णिम कार्की द्वितीय तथा प्रसुन निरौला र सौगत पाण्डे संयुक्त तृतीय स्थानमा रहे।
टिम इभेन्टमा कोशी सेन्ट जेम्स स्कुल प्रथम, विश्व आदर्श कलेज द्वितीय तथा इटहरी टेबलटेनिस एकेडेमीका देविश कार्की–आवरण गौतम र रुज्वल बस्याल–समिहाङ राईको टोली संयुक्त तृतीय बने।
समापन समारोह विश्व आदर्श एकेडेमीका प्राचार्य गणेश कुमार दुलालको अध्यक्षता तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव विप्लब घोसको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घोसले निजी क्षेत्रका विद्यालयहरूले गुणस्तरीय खेलाडी उत्पादन गरी खेलकुद क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याइरहेको बताए। उनले खेलकुद विकास बोर्डले निजी क्षेत्रको योगदानको कदर गर्दै यसअघि विश्व आदर्श एकेडेमीका प्राचार्य गणेश कुमार दुलाललाई सम्मान गरेको स्मरण गराउँदै आगामी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा विश्व आदर्शका खेलाडी विद्यार्थीहरूलाई सहभागी गराउन आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।अध्यक्ष तथा प्राचार्य दुलालले विश्व आदर्श एकेडेमीले पढाइसँगै खेलकुदलाई पनि समान प्राथमिकता दिँदै आएको उल्लेख गर्दै कोशी प्रदेश खेलकुद विकास बोर्डसँग सहकार्य गरी विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताका लागि तयार पार्ने योजनामा आफूहरू अगाडि बढिरहेको बताए।
News Desk 0 response मङ्लबार, साउन १२, २०८३
प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई प्रमुख अतिथि विप्लब घोस, प्राचार्य गणेश कुमार दुलाललगायत अतिथिहरूले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।
समापन कार्यक्रममा अन्तर्राष्ट्रिय टेबलटेनिस एम्पायर विज्ञान थापा, सुनसरी क्रिकेट संघका पूर्वअध्यक्ष सीपी पौडेल, विश्व आदर्श माविका सह–प्रधानाध्यापक मोहनप्रसाद निरौला, प्रतियोगिता संयोजक सूरज मादेन लिम्बूलगायत अभिभावक, शिक्षक तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३
-
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३





