-
इटहरी । कोसी प्रदेशमा कलेज स्तरीय क्रिकेटलाई नयाँ उचाइमा पु¥याउने उद्देश्य सहित इटहरीमा नमुना सुपर कप अन्तर–कलेज टि टवान्टी क्रिकेट प्रतियोगिता यही फागुन ७ गतेदेखि इटहरीस्थित जनता पार्क क्रिकेट मैदानमा सुरु हुनेभएको छ ।
कोसी प्रिमियर लिग सिजन–२ को च्याम्पियन नमुना कलेजको टिम नमुना ब्लास्टर्सको आयोजनामा हुने मंगलबार पत्रकार सम्मेलन गरि जनाएको छ ।
युवा प्रतिभाको पहिचान, व्यावसायिक क्रिकेटको प्रवद्र्धन र कलेज स्तरका खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्ने लक्ष्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको इटहरी नमुना कलेजका प्रमुख धर्म न्यौपालेले जानकारी गराए ।
चार दिनसम्म चल्ने प्रतियोगिता ट्वान्टी–ट्वान्टी ढाँचामा खेलाइनेछ । प्रतियोगितामा कोसी प्रदेश अन्तर्गत झापा, मोरङ र सुनसरी जिल्लाका ८ वटा कलेजका टामहरुको सहभागी हुनेछन्, जसले प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार सहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १५ हजार सहित ट्रफी हात पार्नेछ ।
त्यसैगरी ‘म्यान अफ द सिरिज’, ‘बेस्ट ब्याट्सम्यान’ र ‘बेस्ट बलर’ लगायत विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन ५, २०८२
सुनसरी जिल्ला क्रिकेट संघको विशेष सहयोगमा आयोजना हुने प्रतियोगितालाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन जीके स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्टले प्राविधिक सहयोग उपलब्ध गराउने कार्यक्रम संयोजक गौरव कट्वालले जानकारी दिए ।
सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपि पौडेलले यस्ता प्रतियोगिताले कोसी प्रदेशमा कलेज क्रिकेटको स्तर उकास्ने मात्र नभइ भविष्यमा राष्ट्रिय खेलाडी उत्पादनमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरे ।
-
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३ -
मानवता कहाँ हराउँदैछ?
बिहिबार, भदौ ११, २०८३

बुधबार, भदौ १७, २०८३