• बागमती युथ क्लब दमक गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । झापाको दमकस्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा बुधवार भएको उद्घाटन खेलमा आयोजक दमक–११ लाई १–० गोल अन्तरले पराजित गर्दै बागमतीले क्वाटर फाइनलको यात्र तय गरेको हो ।

    खेलको ८८ औँ मिनेटमा बागमतीका अनिल राना मगरले पेनाल्टीमार्फत गरेको गोल नै खेलमा निर्णायक बन्यो । बागमतीका जोमाउलमाथि डिबक्समा फल गरेपछि बागमतीले पेनाल्टी पाएको थियो । घरेलु दर्शकको साथ पाएको दमकले खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि गोल गर्न नसक्दा पराजय व्यहो¥यो । आज खेलको म्यान अफ द म्याच बागमतीका गोलरक्षक मनोज प्रधान भए ।

    उनले दश हजार नगद पुरस्कार पाए । बुधबारबाट सुरु भएको प्रतियोगितामा चार विदेशी टोलीसहित दश टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

4565