• चलचित्र नायिका प्रियंका कार्कीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको छ । डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा ब्युरोले उनलाई अनुसन्धानको दायरमा ल्याएको हो ।

    आइतबार कार्कीलाई ब्युरोले बयान लिएको छ । केही समयअघि सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर उनले क्रिप्टोकरेन्सीमा आफु लगानी गरको र अरुलाई पनि लगानी गर्न भनेकी थिईन । नेपाल राष्ट्रबैंकले क्रिप्टोकरेन्सी गैह्र कानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी दिदै आएको छ ।

4565