• आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको छ । सामान्य १६९ रनको लक्ष्य पछ्याएको नेपाल मात्र १२० रन बनाउँद्यै ३५ ओभर १ बलमा अलआउट भएको हो । नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४६, ज्ञानेन्द्र मल्लले २८ र ओपनर कुशल भुर्तेलले ११ रन बनाए ।

    अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । करन केसी ६, आसिफ शेख ७, दिपेन्द्र सिंह ऐरी ४, सोमपाल कामी ६, सन्दीप लामिछाने ७ रन बनाउँदा आरिफ शेख र कमल सिंह ऐरी शुन्यमा आउट भए । यूएईको जितमा बसिल हमिदले ४ तथा जुनाइद सिद्दिकीले ३ विकेट लिए । यूएईका रिजवान सीपी र रोहन मुस्थाफाले सर्वाधिक ४०–४० रन बनाए ।

    ओपनर मुहमद वसिमले २१, कासिफ दाउदले १८, बसिल हमिदले १४ र अहमेद राजाले १३ रन बनाए । नेपालका लागि सोमपाल कामीले ४, करण केसीले ३ तथा सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी र सागर ढकालले समान १–१ विकेट लिए । जितसँगै यूएई लिग तालिकाको दोस्रो स्थानमा यथावत रहेको छ । उस्ले हालसम्म खेलेका १६ खेलमध्ये ९ खेलमा जित निकालेको छ । १० खेलमध्ये ५ मा जित निकालेको नेपाल तालिकाको छैठौं स्थानमा छ ।

4565