-
‘हेल्लो जिन्दगी’ फिल्ममा समावेश ‘कता–कता’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ११ चैतमा प्रदर्शन हुने फिल्मको गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर, एभरेष्ट सूर्य बोहराको शब्द र एलिस कार्कीको संगीत छ । बलिउडका कोरियोग्राफर विष्णु देवाले कोरियोग्राफी गरेको गीतको भिडियोमा अभिनेता विक्रम डि जोशी र अभिनेत्री दीपीका प्रसाईं फिचर छन् ।
युकेका बिभिन्न रमणीय स्थानमा खिचिएको गीतमा प्रेमी जोडीको प्रेमाभाव प्रस्तुत गरिएको छ । एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्ममा विक्रम र दीपीकाका साथमा प्रियंका कार्की, विल्सनविक्रम राई, विक्रान्त वस्नेत, निर्देशक बोहरा स्वयम्, सविता गुरुङ, सनमकुमार बैराग, विभिया श्रेष्ठ, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्तलगायतको अभिनय छ ।
सत्य घटनाबाट प्रभावित फिल्मको निर्माता विक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सविता गुरुङ छिन् ।
महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा विरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् ।
निर्देशक बोहरा र विक्रम डि जोशीको कथा,निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा÷सम्वाद रहेको फिल्म पुरुषोत्तम प्रधानले खिचेका हुन् । राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहेको फिल्मको गीतकार पनि निर्देशक बोहरा स्वयम् हुन् । आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन र मित्र डि-गुरुङको सम्पादन छ ।
News Desk 0 response बिहिबार, फाल्गुन २६, २०७८
सम्बन्धित शीर्षकहरु
आमिर खानले फिल्मबाट संन्यास लिदै, फिल्मसँग जोडिएका गतिविधिसमेत नगर्ने
बुधबार, चैत्र १६, २०७८उच्च अदालत पोखराद्वारा पल शाहलाई थुनामा पठाउनुको कारणसहितको प्रतिवेदन माग
बुधबार, चैत्र १६, २०७८४८ लाखभन्दा बढी रकम ठगीको आरोपमा गीतकार दर्पण राई पक्राउ
बुधबार, चैत्र ९, २०७८बलात्कार आरोपमा नायक पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्धा दर्ता
मङ्लबार, चैत्र ८, २०७८-
कर्पाेरेट क्रिकेट प्रतियोगितामा हिमालयन बैंकले उपाधि जित्न सफल
सोमवार, अशोज २२, २०८० -
कैलालीको अत्तरियामा तनाव
शनिबार, चैत्र १९, २०७८ -
सावधान : बजारमा फर्मालिन प्रयोग भएका माछा
शनिबार, चैत्र १९, २०७८ -
तेल भर्न उपत्यकाका पम्पहरुमा लामो लाइन, अभाव हुने त्रास फैलियो
शनिबार, चैत्र १९, २०७८ -
नेपाल र भारतका प्रधामन्त्रीद्वारा रेल सेवाको उद्घाटनसँगै रेल आइपुग्यो जनकपुर
शनिबार, चैत्र १९, २०७८
-
सीमा सुरक्षामा मोदीको चासो
शनिबार, चैत्र १९, २०७८ -
नेपाल र भारतबीचको सीमा विवादको बिषयलाई राजनीतिकरण गर्न नहुने भारतको प्रतिक्रिया
शनिबार, चैत्र १९, २०७८ -
जनकपुर जयनगर रेल सेवा पूर्णरुपमा सुचारु भएसंगै जनप्रतिनिधि र स्थानीयवासी खुशी
शनिबार, चैत्र १९, २०७८ -
महाकाली सन्धिको अढाइ दशकपछि पञ्चेश्वरलाई गति दिन नेपाल र भारत सहमत
शनिबार, चैत्र १९, २०७८