-
कहिले कोरोना कहर त कहिले विदेशी चलचित्रका कारण पटक पटक प्रदर्शन मिति सरेको चलचित्र ‘चपली हाइट ३’ गत पुष ३० गतेबाट हलमा लागेको थियो । तर लगतै कोरोना महामारीका कारण सरकारले माघ ३ गतेबाट तेस्रो पटक सिनेमा हल बन्द गरेपछि चलचित्र तीन दिन मात्र प्रदर्शन हुन पायो । जसले गर्दा निमातालाई आर्थिक रुपमा ठूलो मार पर्यो ।
प्रदर्शनको तीन दिनमा चलचित्रले दर्शकको अपेक्षाकृत साथ पाउन सकेको थिएन । तर, समीक्षकले चलचित्र रुचाएका कारण माउथ पब्लिसिटीले हलमा दर्शकको चाप बढ्ने आश निर्माण टिमलाई थियो । तर, प्रदर्शनको तीन दिनमै हलहरु बन्द भएपछि चलचित्रको प्रदर्शन रोकियो । यद्यपि, हल खुलेपछि फेरि चलचित्र प्रदर्शन गर्ने अडानमा निर्माता अर्जुन कुमार थिए ।
सीसीएमसीसीको सिफारिसमा फागुन १ गतेबाट हलहरु खुल्ने भएपछि ‘चपली हाइट ३’ लाई फेरि प्रदर्शन गरिने भएको छ । अर्जुन कुमारले विज्ञप्ति जारी गर्दै चलचित्र पुनः प्रदर्शनमा आउने जानकारी दिँदै आफूले दोस्रो मौका पाएको बताएका छन् । उनी दोस्रो मौकामा चलचित्रलाई दर्शकले साथ दिनेमा विश्वस्त छन् । चलचित्रले भ्यालेनटाइन डेको समेत फाइदा उठाउन सक्ने विश्वास लिइएको छ ।
चलचित्रमा महेश त्रिपाठी स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, , अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतको अभिनय रहेको छ । निकेश खड्का निर्देशित क्राइम थ्रिलर चलचित्रमा आकाश बरालको कथा तथा संवाद, सुभाष भुषाल र अर्जुन कुमारको संगीत र पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् ।
News Desk 0 response बुधबार, माघ २६, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३