-
निर्देशक परिच्छेद सेनको चलचित्र प्रेमगन्जको सम्पुर्ण छायांकन समाप्त भएको छ । गत बर्ष बैशाख देखि सुरु भएको चलचित्रको छायांकन यहि मंसिर एक गते समाप्त भएको हो ।पहिलो लकडाउन सकिए संगै चलचित्रको सुटिङ सुरु भएको थियो । दोश्रो लकडाउन सुरु भए पछि भने केही समय सुटिङ स्तगित भएको थियो ।
देश कोरोना लकडाउनले गर्दा तहसनहस भयो । चलचित्र क्षेत्रको त झनै बीजोग भयो । प्रदर्शन हुन तयार चलचित्र रोकिए , सुटिङमा जान तयार चलचित्र पनि रोकिए । तर प्रेमगन्ज निर्माण युनिट भने निर्धक्क चलचित्र निर्माणमा जुटिरह्यो । लकडाउनका कारण सबै प्राबिधिक कलाकार काम बिहिन हुँदा पनि प्रेमगन्ज टिमले भने अलिकति भए पनि राहत प्रदान गर्यो ।
यो दोश्रो लकडाउन यता मात्रै यस चलचित्रले कलाकार तथा प्राबिधिक माथी दुईकरोड लगानी गर्यो । अर्थात चलचित्रमा दुई करोड लगानी भयो । यसले कुनै न कुनै रुपमा चलचित्र क्षेत्रमा आबद्ध कलाकार प्राबिधिकलाई राहत प्रदान गर्यो ।
छायांकनमा मात्रै दुईकरोड लगानी भएको चलचित्र प्रेमगन्जको क्यामेरा रोल ७० दिन भएको थियो । लगभग दैनिक १.६मिनेटका दरले छायांकन भएको थियो । चलचित्रको काभ्रेको देउराली , सोलुखुम्बुको पत्ताले , काठमाडौं तथा भक्तपुरको नाला र पनौतीमा दृश्याकन भएको छ ।
बेनिसा हमाल ,तेज गिरि र सम्पदा बानियाँको मुख्य भुमिका रहेको चलचित्र मार्फत राईडर प्रसान्त , सुपृया खनाल र सिम्रन खड्काले डेब्यु गर्दैछन । चलचित्र चौतारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन भने प्रस्तुत कर्ता राजु फुयाल हुन । चलचित्रको छिटै नै प्रदर्शन मिति घोषणा हुँदै छ ।
News Desk 0 response शुक्रबार, मंसिर ३, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





