• अमेरिकाको टेक्सास राज्यको ह्युस्टन सहरमा आयोजित साङ्गीतिक महोत्सवमा भागाभाग हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । ट्राभिस स्कटको एस्ट्रोवर्ल्ड महोत्सवमा भिड मञ्चको अगाडि जान खोज्दा भागभाग मच्चिएको हो । भागदौडमा ११ जना गम्भीर घाइते भएर अस्पताल लगिएकोमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    भागाभाग हुँदा झन्डै तीन सय जनालाई चोटपटक लागेको छ । साङ्गीतिक महोत्सवमा झन्डै ५० हजार मानिस उपस्थित थिए । ह्युस्टनका अग्नि नियन्त्रक प्रमुख स्यामुएल पेनाका अनुसार भिड बिस्तारै–बिस्तारै मञ्चतर्फ बढ्न लाग्दा भागदौड मच्चिएको जनाएका छन् ।

    महोत्सवका आयोजकले घटनाको गम्भीरतालाई हेर्दै कार्यक्रम नै रद्द गरेको जनाएका छन । महोत्सवको दोस्रो र अन्तिम दिन शनिवार हुने भनिएको कार्यक्रम समेत रद्द भएको छ।

4565