-
करिना कपुर आफ्नो कुरामा अडान लिने अभिनेत्रीमध्ये पर्छिन्। सोचविचार गरेर बोल्ने उनले आफूले एक पटक बोलिसकेको कुरामा कहिल्यै माफी माग्नु परेको छैन। करिनाले धेरै पटक कयौं कलाकारबारे टिप्पणी गरेकी छन् र तिनले बलिउडमा हलचल पैदा गरेको थियो। उनले एक पटक अभिनेत्री दीपिका पादूकोण र कट्रिना कैफबारे यस्तै टिप्पणी दिएकी थिइन्।
करिना र अभिनेता रणवीर कपुरको निकट सम्बन्ध छ। यी दिदीभाइलाई बलिउडमा अरुको कुरा काट्ने जोडीको रुपमा पनि चिनिन्छ। तर जब रणवीरको नाम दीपिका र कट्रिनासँग जोडिएको थियो, उनी सबैका लागि मुख्य विषय बनेका थिए। रणवीरले दीपिकासँग प्रेम सम्बन्धमा रहँदै उनलाई धोका दिएर कट्रिनासँग सम्बन्ध राखेपछि यी तीनजनाबारे ठूलो हल्लाखल्ला भएको थियो।रणवीर, दीपिका र कट्रिनाको विषय चर्चामा रहँदाको समयतिरै ‘कफी विथ करण’ कार्यक्रममा करण जोहरले करिनालाई ‘दीपिका र कट्रिनासँगै लिफ्टमा अड्किएको भए के गर्थ्यौरु’ भन्ने प्रश्न गरेका थिए। यसको जवाफमा करिनाले भनेकी थिइन्, ‘यदि त्यस्तो भयो भने मलाई लाग्छ म आफूलाई मार्छु। दीपिका र कट्रिनासँग बस्नुभन्दा मर्नु जाती।’
उनीसँगै छेउमा बसेकी अभिनेत्री सोनम कपुरले भने आफू बरु झिंगा भएर उड्ने जवाफ दिएकी थिइन्। यही कुराकानी बीचमा करिनालाई उही प्रश्न तर यस पटक सैफ अली खान र साहिद कपुरको नाममा सोधिएको थियो। जसको जवाफमा करिले भनेकी थिइन्, ‘म उनीहरुलाई रंगुन फिल्ममा मलाई किन लिएनौ भनेर प्रश्न गर्ने थिएँ।’सन् २०१७ मा रिलिज भएको फिल्म ‘रंगुन’मा सैफ अली खान, साहिद कपुर र कंगना रनावतको मुख्य अभिनय थियो।
हाल करिना आफ्नो दोस्रो छोरा जेहको नामका कारण विवादमा आइरहेकी छिन्। हिन्दुको भावनालाई चोट पुर्याउने भन्दै मानिसहरु करिनाले आफ्नो कान्छो छोराको नाम जेह राखेमा आक्रोषित भएका छन्। यसबारे भने करिनाले अहिलेसम्म कुनै बयान दिएकी छैनन्।
News Desk 0 response आइतवार, भदौ ६, २०७८
सम्बन्धित शीर्षकहरु
-
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३

बिहिबार, अशोज ८, २०८३