-
मल्टीकास्ट लिएर एक्सन फिल्म बनाउन रुचाउने निर्देशक मुकुन्द भट्टले निषेधाज्ञाभन्दा अगाडि ‘एक्स ९ लेभल १’ नामक फिल्मको घोषणा गरेका थिए । यो नेपालकै सबैभन्दा ठूलो एक्सन थ्रिलर फिल्म हुने उनको दाबी छ । ‘लप्पन छप्पन र लप्पन छप्पन २’ मा चल्तीका कलाकार लिएका उनले यो फिल्ममा नेपालीसँगै बलिउडका एक सुपरस्टार नायकलाई समेत लिने तयारी गरेका छन् ।
‘एक्स ९’ मा नायकको अफर अभिनेता अनमोल केसीलाई गरिएको छ । अनमोल फिल्म गर्न तयार रहेको र अहिले वर्कआउट गरिरहेको मुकुन्दले जानकारी दिए । उनले फिल्मका लागि ‘कृ’ बराबरको शरीर बनाउनु पर्नेछ । तर, उनीसँग निर्माण टिमको कागजी सम्झौता भने भइसकेको छैन । त्यस्तै, फिल्ममा सौगात मल्ल र पुष्प खड्काको पनि अभिनय रहने बताइएको छ ।
फिल्मका लागि भिलेनको अफर भने बलिउड सुपरस्टार सुनील शेट्टीलाई गरिएको छ । करीब एक महिना अगाडि शेट्टीसँग फिल्मको बारेमा कुराकानी भएको निर्देशक भट्टले बताए । उनले भने, ‘उहाँ फिल्मलाई लिएर सकारात्मक हुनुहुन्छ । सम्भवतः चाँडै कागजी सम्झौता हुनेछ । उहाँले दिनको हिसाबले पारिश्रमिक लिने हुँदा एक हप्तामा उहाँको भागको सम्पूर्ण दृश्य खिच्ने छौं ।’
उनका अनुसार, एक हप्तामा सुनील शेट्टीलाई करीब ४० लाख पारिश्रमिक तिर्नुपर्नेछ । तिहारपछि छायांकन सुरु हुने फिल्मका लागि उनी नेपाल नै आउनेछन् । उनी यसअघि पनि घुमघामका लागि नेपाल आइसकेका छन् । फिल्मलाई नेटफ्लिक्समा रिलिज गर्न पहल गरिने भट्टले बताए । फिल्मको कार्यकारी निर्मातामा सरोज रिजाल र निर्मातामा यादव प्रसाद पाठक रहेका छन् ।
News Desk 0 response शनिबार, असार ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३

बिहिबार, अशोज ८, २०८३