• नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलन भित्र प्रतिक्रियावाद घुसेको बताएका छन् । लेनिन दिवसको अवशरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा अध्यक्ष दाहालले नेपाली कम्युनिष्ट आन्दोलनमा प्रतिक्रियावादी शक्ति घुसेको बताएका हुन् । उनले कम्युनिष्टहरुको एकतालाई नरुचाउने शक्तिले प्रतिगामी सोच भएकाहरुलाई साथ लिएर टुक्राउन खोजेको आरोप पनि लगाए । विदेशी शक्तिको आडमा कानून, संविधान र सबै मूल्य मान्यता मिच्ने काम भएको दाबी समेत उनले गरेका छन् ।

    उनले कम्युनिष्ट आन्दोलनलाई बचाई राख्न एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको पनि बताए । अध्यक्ष दाहालले अहिले बाहिर भनिए जस्तो नेकपा माओवादी केन्द्र कमजोर नभएको दाबी गरे । उनले पार्टीलाई बलियो बनाउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

4565