-
इटहरी । विश्व आदर्श एकेडेमीले आफ्नो वार्षिक नाट्य महोत्सव अन्तर्गत चर्चित नाटक ‘पापशाला’ को सफल मञ्चन गर्दै इटहरीको रंगमञ्चीय गतिविधिलाई थप जीवन्त बनाएको छ। इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा साउन ३ र ४ गते दुई चरणमा मञ्चन गरिएको नाटकले तीन हजारभन्दा बढी दर्शकको उल्लेखनीय उपस्थिति जुटाएको थियो।
विश्व आदर्श कलेजको आयोजना तथा साहित्यिक संस्था ‘लाभा’ को समन्वयमा सम्पन्न महोत्सवमा कलेजका पूर्वविद्यार्थी कलाकारहरूले सशक्त अभिनय प्रस्तुत गरेका थिए। पहिलो चरण विद्यार्थी तथा शिक्षकका लागि आयोजना गरिएको थियो भने दोस्रो चरणमा इटहरीका विभिन्न शैक्षिक संस्थाका प्राचार्य, शिक्षक, साहित्यकार, नाट्यकर्मी, अभिभावक र सर्वसाधारण दर्शकको उल्लेख्य सहभागिता रहेको थियो।
मानिसले जीवनभर गरेका कर्मको परिणामबाट मृत्युपछि पनि उम्किन नसक्ने, असल–खराब कर्मअनुसारको फल भोग्नैपर्ने गम्भीर विषयवस्तुमा आधारित नाटकले दर्शकलाई अन्तिम क्षणसम्म बाँधेर राख्यो। नैतिकता, अपराधबोध, आत्मस्वीकार र मानवीय द्वन्द्वलाई प्रभावशाली ढंगले प्रस्तुत गरिएको नाटकले मनोरञ्जनसँगै जीवनप्रतिको गहिरो सन्देश दिएको भन्दै दर्शकहरूले खुलेर प्रशंसा गरेका थिए।
‘पापशाला’ फ्रान्सेली दार्शनिक तथा साहित्यकार जाँ–पल सात्र्रको चर्चित कृतिबाट रूपान्तरण गरिएको नाटक हो। यसलाई सुगम दुलालले नेपाली परिवेशअनुकूल रूपान्तरण गरेका हुन्। नाटकको निर्देशन प्रज्वल दुलालले गरेका छन् भने कर्भिका पोखरेल क्रिएटिभ डाइरेक्टरका रूपमा रहेकी छन्। कलाकारहरूमा सुगम दुलाल, प्रज्वल दुलाल, अविन ठटाल, लुमन्ती महर्जन र सुरभी प्याकुरेलको अभिनय रहेको थियो भने संगीत संयोजन संगीत विश्वकर्माले गरेका थिए।
एकेडेमीका प्राचार्य गणेश कुमार दुलालले इटहरीलाई साहित्य, कला र रंगमञ्चको उर्वर भूमि बनाउने लक्ष्यसहित वार्षिक नाट्य महोत्सवलाई निरन्तरता दिइने बताए। उनका अनुसार विद्यार्थीमा अभिनय कला, सिर्जनात्मक सोच, आत्मविश्वास र सामाजिक चेतनाको विकास गर्नुका साथै मौलिक नाट्य संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष यस्ता कार्यक्रम आयोजना गरिनेछ।
कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा नाट्यप्रेमीहरूको उत्साहजनक सहभागिताले इटहरीमा गुणस्तरीय नाटकप्रतिको आकर्षण बढ्दै गएको सन्देश दिएको आयोजकको भनाइ छ। आयोजकका अनुसार ‘पापशाला’ केवल मनोरञ्जनका लागि नभई समाजका विकृति, मानवीय द्वन्द्व र नैतिक प्रश्नमाथि गम्भीर बहस सिर्जना गर्ने सशक्त माध्यमका रूपमा स्थापित भएको छ।
News Desk 0 response सोमवार, साउन ४, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३