-
बेलबारी । मोरङको बेलबारी नगरपालिका–४ स्थित इमानस्मृति टोल विकास संस्थाले ‘स्वच्छ टोल, स्वस्थ समाज’ भन्ने मूल नारासहित ‘एक घर, एक सहभागिता’ अभियान प्रारम्भ गर्दै शनिबार बृहत् सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ ।
अभियान अन्तर्गत इमानसिंह चोक, स्मृति चोक, महेन्द्र चोक तथा आसपासका सार्वजनिक स्थलहरू सफा गरिएको हो । सरसफाइका क्रममा सडक र नाली किनारमा उम्रिएका झारपात हटाइएको, बाटोमा लत्रिएका र आवागमनमा अवरोध पु¥याउने रूखका हाँगाहरू काटेर व्यवस्थित बनाइएको तथा सार्वजनिक क्षेत्रको सौन्दर्य संरक्षणमा विशेष ध्यान दिइएको थियो ।
टोल विकास संस्थाका पदाधिकारी, स्थानीय बासिन्दा तथा प्रत्येक घरबाट कम्तीमा एक जनाको सहभागिता रहेको अभियानले समुदायमा सरसफाइप्रति सामूहिक उत्तरदायित्व र जनचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको संस्थाले जनाएको छ।
संस्थाका अनुसार ‘एक घर, एक सहभागिता’ अभियान एकदिने कार्यक्रममा सीमित नरही नियमित रूपमा सञ्चालन गरिने सस्थाले जनाउको छ ।
आफ्नै घरसँगै टोल, सडक र सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीयलाई प्रत्यक्ष सहभागी गराउँदै स्वच्छ, हरित र व्यवस्थित बस्ती निर्माण गर्ने अभियानको उद्देश्यका साथ अभियानमा सहभागीहरूले सरसफाइ केवल स्थानीय सरकारको जिम्मेवारी नभई हरेक नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायमा एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरे।
इमानस्मृति टोल विकास संस्थाले आगामी दिनमा वातावरण संरक्षण, फोहोर व्यवस्थापन, वृक्षारोपण तथा हरित टोल निर्माणसँग सम्बन्धित विभिन्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। स्थानीयवासीले पनि नियमित सरसफाइ अभियानले टोलवासीलाई अझ स्वच्छ, सुन्दर र बस्नयोग्य टोलका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
News Desk 0 response शनिबार, साउन २, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३