-
इटहरी । गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा क्षति पुगेको इटहरी–६ स्थित पुरानो इलाका प्रहरी कार्यालय भवन पुनः मर्मत–सम्भार गरी वडा प्रहरी कार्यालयका रूपमा सञ्चालनमा ल्याइएको छ । इटहरी उपमहानगरपालिका–६ का वडा अध्यक्ष दिवस पोख्रेलको पहलमा स्थानीय विभिन्न संघसंस्था, समाजसेवी तथा दाताहरूको सहयोगमा पुनर्निर्माण गरिएको कार्यालयको उद्घाटन जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले गरेका हुन्।
प्रहरी नायब निरीक्षक होमप्रसाद खनालको कमाण्डमा १० सदस्यीय टोली रहने गरी स्थापना गरिएको वडा प्रहरी कार्यालयले इटहरीको व्यस्त बजार क्षेत्रमा शान्ति सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ । यसअघि इलाका प्रहरी कार्यालय रंगशालामा स्थानान्तरण भएपछि बजार क्षेत्रमा हुने घटनामा प्रहरी पुग्न केही समय लाग्ने भन्दै व्यवसायीहरूले नजिकै प्रहरी चौकीको आवश्यकता महसुस गर्दै आएका थिए।
उद्घाटनपछी बोल्दै इटहरी उपमहानगरपालिका–६ का वडा अध्यक्ष दिवस पोख्रेलले जेन्जी आन्दोलनपछि जीर्ण अवस्थामा रहेको भवनलाई पुनर्जीवन दिन काँकडभिट्टा–लौकी सडक आयोजना, स्थानीयवासी तथा विभिन्न दाताहरूको सहयोगले वडा प्रहरी कार्यालय स्थापना गर्न सफल भएको बताए।
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले व्यस्त व्यापारिक क्षेत्रमा प्रहरीको प्रत्यक्ष उपस्थितिले व्यवसायी र सर्वसाधारणमा सुरक्षा अनुभूति बढ्ने बताए।
News Desk 0 response शुक्रबार, साउन १, २०८३
सिबी कलेजका अध्यक्ष देशबन्धु कार्कीले कोशी प्रदेशकै प्रमुख व्यापारिक सहर इटहरीमा वडा प्रहरी कार्यालय स्थापना हुनु नागरिकको सुरक्षाप्रतिको सकारात्मक कदम भएको उल्लेख गरे।
प्रमुख अतिथि प्रहरी उपरीक्षक केशव थेबेले पुरानो इलाका प्रहरी कार्यालय रहेको स्थानमै वडा प्रहरी कार्यालय सञ्चालनमा आउनुले समुदाय–प्रहरी सम्बन्ध थप मजबुत हुने र शान्ति सुरक्षामा नयाँ आयाम थपिने बताए। उनले स्थानीय तह र समुदायको सहयोगप्रति आभार व्यक्त गर्दै नागरिकमैत्री प्रहरी सेवाप्रति प्रतिबद्ध रहेको बताए।
कार्यालयको मर्मत–सम्भारका लागि काँकडभिट्टा–लौकी सडक आयोजनाका प्रमुख जगत प्रजापति र अस्मित पोख्रेलको सहयोगमा ७ लाख १६ हजार रुपैयाँबाट कम्पाउन्ड वाल र गोलघर निर्माण गरिएको छ। वडा अध्यक्ष पोख्रेलले २ लाख ९३ हजार रुपैयाँ बराबरको मर्मत तथा रंगरोगन, राकेश साह र यामप्रसाद दाहालले विद्युत् तथा वायरिङका लागि १ लाख रुपैयाँ, होम रिजालले ८३ हजार बराबरका आल्मुनियम झ्याल–ढोका, वडा सदस्य रमला तामाङ र खगेन्द्र श्रेष्ठले जनही ५० हजार रुपैयाँ तथा राम श्रेष्ठले ४० हजार ५ सय रुपैयाँ बराबरका तीनवटा डबल बेड सहयोग गरेका छन्। भोजराज दाहाल, गायत्री कटवाल भण्डारी, राजन कार्की, उमेश दाहाललगायतले पनि विभिन्न आवश्यक सामग्री उपलब्ध गराएका छन्।
उद्घाटन कार्यक्रममा इटहरी ९ का वडा अध्यक्ष जितेन्द्र थापा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरी, इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष हमाल, नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका महासचिव दिनेश कोइरालालगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
सम्बन्धित शीर्षकहरु
-
इटहरी बजारको सुरक्षामा नयाँ अध्याय, वडा प्रहरी कार्यालय उद्घाटन
शुक्रबार, साउन १, २०८३ -
हाइड्रोपोनिक खेतीबाट स्वरोजगारको बाटो देखाउँदै सन्तोष न्यौपाने
शुक्रबार, साउन १, २०८३ -
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३
-
इटहरी बजारको सुरक्षामा नयाँ अध्याय, वडा प्रहरी कार्यालय उद्घाटन
शुक्रबार, साउन १, २०८३ -
हाइड्रोपोनिक खेतीबाट स्वरोजगारको बाटो देखाउँदै सन्तोष न्यौपाने
शुक्रबार, साउन १, २०८३ -
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३
-
हाइड्रोपोनिक खेतीबाट स्वरोजगारको बाटो देखाउँदै सन्तोष न्यौपाने
शुक्रबार, साउन १, २०८३ -
इटहरी बजारको सुरक्षामा नयाँ अध्याय, वडा प्रहरी कार्यालय उद्घाटन
शुक्रबार, साउन १, २०८३





