-
नेपालमा पनी फेरी कोरोना भाइरसको संक्रमण बडेपछि भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा यस वर्ष पनि नहुने भएको छ । कोरोना संक्रमण फैलिने खतरा बढेपछि भक्तपुरको स्थानीय प्रशासनले यस वर्ष पनि यो जात्रा गर्न रोक लगाएको हो ।उता स्थानीयले बिस्केट जात्राको रथ निर्माणको काम स्थानीयले शुरु गरिसकेका छन् । उनीहरुले सो रथको काम जारी राखेको बेला स्थानीय प्रशासनले जात्रामा रोक लगाउने निर्णय गरेको हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले यो जात्रामा लिंगो ठड्याउने र रथ तान्ने काम गर्न रोक लगाएको बताए ।
उनले भने, रथको पूजा गर्न पाउने तर लिंगो उठाउने र रथ तान्ने काम गर्न नपाइने गरी निर्णय भएको छ । गत वर्ष पनि यसै समयमा नेपालमा कोरोनाका कारण लकडाउन जारी थियो । गत वर्ष पनि कोरोना संक्रमणको कारण स्थानीय प्रशासनले बिस्केट जात्रामा रोक लगाएको थियो । यो जात्रा आठ दिन नौ रातसम्म मनाइने मनाइन्छ । यस वर्ष चैत यही २८ गतेबाट बिस्केट जात्रा सुरु हुँदैछ ।
स्थानीय नागरिकले निर्माण गरेको प्यागोडा शैलीको तीनतले अग्लो काठको भैरवको रथलाई सयौं व्यक्तिहरुले दुवै तिरबाट तान्ने गर्दछन् । बिस्केट जात्राको मुख्य आकर्षण पनि यही हो । यो जात्रामा काठमाडौं, ललितपुर र भक्तपुरका साथै आसपासका जिल्लाका हजारौं व्यक्तिहरुको सहभागीता रहने गर्दछ ।
यसवर्ष पनि यसै समयमा कोभिड–१९ को संक्रमण फैलिन सक्ने आशंका गरिएको छ । भारतमा भयाबह बन्दै गएको यो संक्रमणको दोस्रो लहर नेपालमा पनि आउन सक्ने आशंका गरिएको छ । पछिल्लो समयमा नेपालमा यसका संक्रमित बढ्न थालेपछि सरकारले सतर्कता अपनाउन र भिडभाड हुनेगरी भेला नगर्न सूचना जारी गरिसकेको छ ।
News Desk 0 response सोमवार, चैत्र २३, २०७७
सम्बन्धित शीर्षकहरु
-
विद्यार्थीको सांस्कृतिक प्रस्तुतीसँगै सी वी आवासीय विद्यालयको वार्षिकोत्सव सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२

नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२
-
नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२